गण्डकी प्रदेशका विपक्षी सांसदहरु धर्नामा

स्वस्तिका भट्राई /गैह्रेपोखरा ,२९ जेठ । गण्डकी प्रदेश प्रमुख समक्ष सरकार गठनका लागि दावी पेश गरेका विपक्षी गठबन्धन प्रदेश प्रमुखको कार्यालय अगाडि धर्नामा बसेका छन् । अघिल्लो दिन सरकार गठनका लागि ३१ सांसदको हस्ताक्षर पेश गरेका विपक्षी गठवन्धनलाई सरकार गठनका लागि प्रदेश प्रमुखले आलटाल गरेसगै प्रदेश सांसदहरु धर्नामा बसेका हुन् । प्रदेश प्रमुख सिताकुमारी पौडेलले सरकार गठनका लागि आज तीन बजे सम्मको समय दिएकी थिइन् … Continue reading गण्डकी प्रदेशका विपक्षी सांसदहरु धर्नामा

उपचार खर्च नहुँदा मृत्यु कुरेर बस्दै सुकमाया

दमौली ,२७ जेठ ऋषिङ गाउँपालिकाबाट व्यास नगरपालिका वडा नं ११पोल्याङमा आई ज्याला मजदुरी गरेर श्रीमान् र तीन सन्तानलाई लालपालन गर्दे आएकी सुकमाया रानाको जीवनमा ब्रजपात परेको छ । अपाङगता श्रीमान् र तीन सन्तानको लाालपालन गर्दै आएकी ढलेर प्यारालाइसिस भएसगै सुकमायाको जीवनमा ब्रजपात परेको हो । आर्थिक अवस्था अत्यन्ज नाजुक भएकी सुकमायाको उपचार हुन नसक्दा उनी घरमा नै मृत्यु पर्खेर बस्नु परेको छ । जुन दृश्य … Continue reading उपचार खर्च नहुँदा मृत्यु कुरेर बस्दै सुकमाया

होमबहादुरको उपचारका लागि विदेशबाट १ लाख २७ हजार ६ सय १० सहयोग

दमौली , २६ जेठ । बन्दीपुर गाउँपालिका वडा नं २ सिमलटारका होमबहादुर नेपालीको उपचारका लागि विदेशबाट सहयोग प्राप्त भएको छ । नेपाली जनसम्र्पक समिति पोर्चुगलका केन्द्रीय सदस्य रामप्रसाद सापकोटाले जानकारी दिए अनुसार नेपालीको उपचारका लागि उनी सहित चित्रबहादुर कटुवाल ,महेश्वर भण्डारी र पुरन कार्की लगायतको टोलीले सहयोग संकलन अभियान अगाडि बढाएको थियो । सहयोग संकलन अभियान अन्र्तगत १ लाख २७ हजार ६ सय १० रुपैयाँ … Continue reading होमबहादुरको उपचारका लागि विदेशबाट १ लाख २७ हजार ६ सय १० सहयोग

अधिकारी र मियाँद्धारा स्कुल अफ डेमोक्रेसी मार्फत सहयोग हस्तान्तरण

दमौली ,२६ जेठ । अपाङगता भएर समस्यामा परेको सुकमाया आलेको परिवारलाई सहयोग जुट्न थालेको छ । व्यास ११ पोल्याङमा बस्दै आएकोआलेको परिवारलाई बुधबार स्कुल अफ डेमोक्रेसी नेपाल तनहुँ मार्फत १३ हजार बराबरको खाद्य लगायत अन्य सामाग्रीहरु हस्तान्तरण गरेको छ । सामाग्री स्कुल अफ डेमोक्रेसी नेपाल तनहुँ शाखाका अध्यक्ष डम्बर अधिकारीले हस्तान्तरण गरेका थिए । सहयोग हस्तान्तरण कार्यक्रममा जेसिआई व्यास नगरका अध्यक्ष लक्ष्मीभक्त खनाल , सहयोगदाता … Continue reading अधिकारी र मियाँद्धारा स्कुल अफ डेमोक्रेसी मार्फत सहयोग हस्तान्तरण

प्यारालाईसिसकी बिरामीको उद्धार

दमौली ,२५ जेठ । व्यास नगर जेसिजले बिरामीहरुको उद्धार कार्यलाई जारी राखेको छ । यसैक्रममा व्यास नगर जेसिजले मंगलबार व्यास ९ गजौडे निवासी प्यारालाईसिसकी बिरामी आइतमाया वि.क.को उद्धार गरेको छ । उद्धार गरिएकी वि.क.लाई उपचारका लागि दमौली अस्पताल लगिएको थियो । यसअघि व्यास नगर जेसिजले सोमबार ५ जना बिरामीलाई उद्धार गरि उपचारका लागि अस्पताल लगेको थियो । लक डाउनका अवधिमा बिरामीहरुलाई सहजता होस् भनेर उद्धार … Continue reading प्यारालाईसिसकी बिरामीको उद्धार

मोटर साइकल दुर्घटनामा युवकको मृत्यु

दमौली , २३ जेठ । मोटर साइकल दुर्घटनामा परी व्यास नगरपालिका वडा नं ३ द्ेउराली नगरका एक युवकको मृत्यु भएको छ ।मृत्यु हुनेमा व्यास ३ देउराली नगर निवासी २८ बर्षिय रमेश श्रेष्ठ रहेका छन् । शनिबार राती ९ बजे व्यास ५ बाट ऋषिङ १ झाँपुटार तर्फ जाँदै गर्दा दुर्घटनामा परेर श्रेष्ठको मृत्यु भएको हो ।घाइते अवस्थामा रहेका श्रेष्ठलाई उपचारका लागि दमौली अस्पताल ल्याइएको भएपनि चिकित्सक … Continue reading मोटर साइकल दुर्घटनामा युवकको मृत्यु

व्यास नगर जेसिजद्धारा सुखौराकी गर्भवती महिलाको उद्धार

दमौली ,२० जेठ । व्यास नगर जेसिजद्धारा व्यास १४ केशवटारबाट गर्भवती महिलाको उद्धार गरिएको छ । सुत्केरी हुने समय कटेकी स्थानीय विष्णु मगरलाईलाई उद्धार गरिएको हो।व्यास नगर जेसिजका अध्यक्ष लक्ष्मीभक्त खनालले जानकारी दिए अनुसार उद्धार गरिएकी गर्भवती महिलालाई केशवटार स्वास्थ्य चौकीबाट उद्धार गरी दमौली अस्पताल पुरयाइएको थियो । जेसिजले यस अगाडि पनि आधा दर्जन भन्दा बढी बिरामीलाई उद्धार गरी अस्पताल पुरयाई सकेको छ । Continue reading व्यास नगर जेसिजद्धारा सुखौराकी गर्भवती महिलाको उद्धार

खत्रीलाई पितृशोक

दमौली, १९ जेठ । नेपाली कांग्रेस वन्दिपुर गाउँ कार्य समितिका सदस्य शिव खत्रीलाई पितृशोक परेको छ । खत्रीका पिता जगबहादुर खत्रीको ९२ बर्षको उमेरमा निधन भएको हो । स्वर्गीय खत्री प्रजातन्त्र सेनानी समेत हुन् । स्व.खत्रीको निधन प्रति नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले गहिरो दुःख व्यक्त गरेका छन् । खत्रीको निधनले पार्टीले ठूलो क्षति पुगेको पूर्वमन्त्री भण्डारीले बताएका छन् । Continue reading खत्रीलाई पितृशोक

पृथ्वीराजमार्गको केन्द्रविन्दु कहाँ ?

दमौली ,१९ जेठ । पृथ्वीराजमार्गको मुग्लिङ पोखरा सडक बिस्तारको योजना अगाडि बढेको छ । सडक बिस्तारको योजना अगाडि बढेसगै मुग्लिङ पोखरा सडक खण्डमा सडक बिस्तार आयोजनाका तर्फबाट सडकको दायाँ बायाँ ७५ फुटको छुट्याउने काम अगाडि बढार्ईइको छ । यसरी सडकको दायाँ बायाँ ७५ फुटको भाग छुट्याउने क्रममा दमौलीको भोर्लेटार चोक देखि मुख्यचोक सम्मको भागमा सडकको केन्द्रविन्दुको विषयलाई लिएर विवाद उत्पन्न हुन पुगेको छ । आयोजनाका … Continue reading पृथ्वीराजमार्गको केन्द्रविन्दु कहाँ ?

तउवा संघद्धारा भानु र बन्दीपुर अस्पतालमा अक्सिजन सिलिण्डर हस्तान्तरण

दमौली ,१९ जेठ । तनहुँ उद्योग वाणिज्य संघले जिल्लाका विभिन्न अस्पताल र आइसोलेसन कक्षमा अक्सिजन सिलिण्डर र स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यलाई जारी राखेको छ । यसै सिलसिलामा तउवा संघले मंगलबार बन्दिपुर अस्पतालमा ३ थान अक्सिजन सिलिण्डर सहित स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । तउवा संघका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठ सहितको टोली गाउँपालिका उपाध्यक्ष करुणा गुरुङ र अस्पतालका डाक्टर विमल दवाडीलाई सामाग्री हस्तान्तरण गरेको थियो । तउवा … Continue reading तउवा संघद्धारा भानु र बन्दीपुर अस्पतालमा अक्सिजन सिलिण्डर हस्तान्तरण