आँबुखैरेनीमा पृथ्वीराजमार्ग भाँसियो

दमौली ,१ असार । अविरल बर्षाले पृथ्वीराजमार्गको दमौली मुग्लिङ सडक खण्ड अन्र्तगत आँबुखैरेनीमा सडक भासिएको छ । बर्षाले आँबुखैरेनी ४ साँखरमा पहिरो गएको थियो । पहिरोबाट सडक करिब ३० मिटर भागमा क्षति पुगेको छ ।पहिरोले सडकमा क्षति पुगे सगै केहीबेर सवारी आवगमन अवरुद्ध हुन पुगेको थियो । केहीबेर अगाडि एकतर्फी रुपमा सवारी सुचारु भएको छ ।तस्बिर ःविजय गुरुङ Continue reading आँबुखैरेनीमा पृथ्वीराजमार्ग भाँसियो

बर्षाले दमौली खानेपानीको मुहान र वितरण पाईपमा क्षति

दमौली ,१ असार ।अविरल बर्षा सगै आएको बाढीले दमौली खानेपानीको मुहान र वितरण पाईपमा क्षति पुगेको छ । दमौली खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले दिएको जानकारी अनुसार बर्षासगै आएको बाढीले गुणादी मुहान र व्यास ११को कृष्णपुर क्षेत्रमा क्षति पुरयाएको छ ।त्यस्तै मादी नदीको सम्वेलमा समेत बाढी पसेर क्षति पुगेको छ । क्षति पुगेको स्थानमा तत्काल मर्मत कार्य अगाडि बढाइएको दमौली खानेपानी तथा सरसफाई संस्थाले जनाएको … Continue reading बर्षाले दमौली खानेपानीको मुहान र वितरण पाईपमा क्षति

बाढीले अकला खेल मैदान पुरियो

दमौली ,१ असार । मरस्याङदी नदीमा आएको बाढीले सत्रसय स्थित अकला मैदान पुरिएको छ । मरस्याङदी नदीमा आएको बाढीले खेल मैदानमा बालुवा थुपारि दिएको छ । त्यस्तै बाढीले गोल पोष्ट लगायतका अन्य संरचनाहरुमा क्षति पुरयाएको छ । बाढीले अकला मन्दिर परिसरमा समेत क्षति पुरयाएको सामाजिक अगुवा एवं तरुण दल आँबुखैरेनी आँबुखैरेनी गाउँ कार्य समितिका उपाध्यक्ष दिपेन्द्र अधिकारीले बताएका छन् । अधिकारी अनुसार बाढीले निर्माण सामाग्रीहरु … Continue reading बाढीले अकला खेल मैदान पुरियो

बाढीले तनहुँका विभिन्न स्थानमा क्षति

दमौली ,१ असार । दुई दिन देखि परेको अविरल बर्षाका कारण तनहुँका खोला नदीमा पानीको वहाव आज पनि उच्च रहेको छ । तनहुँका ठूला नदीहरु सेती ,मादी ,मरस्याङदी ,काली गण्डकी र गण्डकीमा पानीको वहाव अघिल्लो दिनमा जत्तिकै रहेको छ । त्यस्तै जिल्ला भित्रका खोलाहरुमा समेत पानीको वहाव अघिल्लो दिनको तुलनामा रहेको छ । मरस्याङदीमा पानीको वहाव बढ्दै गर्दा तनहुँको याम्पा र गोरखा जोड्ने झोलुङगे पुललाई … Continue reading बाढीले तनहुँका विभिन्न स्थानमा क्षति

बाढीमा फसेकाको उद्धारमा खटिए मध्यनेपालका नगर प्रमुख पाण्डे

दमौली , १ असार । मिदिम खोलामा आएको बाढीका कारण फसेका सर्वसाधारणको उद्धार गरिएको छ । बाढीका कारण ९ जना हिजो देखि अलपत्र परेका थिए । अलपत्र परेका ९ जनालाई जेसिबीका माध्यमबाट उद्धार गरिएको थियो ।उद्धार कार्यमा मध्यनेपाल नगरपालिका प्रमुख रमेशकुमार पाण्डे स्वयं उपस्थित भएका थिए । यसैबीच उद्धार कार्यमा खटिने सबैलाई प्रमुख पाण्डेले धन्यवाद दिएका छन् । Continue reading बाढीमा फसेकाको उद्धारमा खटिए मध्यनेपालका नगर प्रमुख पाण्डे

आविष्कार केन्द्रलाई तनहुँका बेलायत निवासी थापाद्धारा एक लाख ४० हजार सहयोग

सेतीमादी संवाददातादमौली, १ असार । तनहुँमा पूख्र्यौली थलो भई हाल बेलायतमा बस्ने एक व्यक्तिले महावीर पुनले सञ्चालन गर्दै आउनुभएका राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग गरेका छन् । विगत १५ वर्षदेखि वेलायतमा रहेर नमस्ते गोर्खा नेपलीज रेष्टुरेण्ट लण्डनमा सञ्चालन गर्दै आएका तनहुँ बन्दीपुर नगरपालिका —१ बेलभञ्ज्याङ निवासी अर्जुनबहादुर थापाले सहयोग गरेका हुन् । कोभिड १९ विरुद्ध सो आविष्कार केन्द्रले गर्दै आएको स्वास्थ्य सामग्री उत्पादन लगायतका काममा … Continue reading आविष्कार केन्द्रलाई तनहुँका बेलायत निवासी थापाद्धारा एक लाख ४० हजार सहयोग

मृगौला पीडितलाई इन्जिनियर विष्टद्धारा सहयोग

दमौली , ३१ जेठ । ऋषिङ १ कोइदिमीकी मृगौला पीडित मिनमाया थापालाई सहयोग जुट्नेक्रम जारी छ ।यसैक्रममा मृगौला पीडित थापालाई इन्जिनियर सुजन विष्टले ५ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेका छन् । उक्त रकम जेसिआई व्यास नगरका अध्यक्ष लक्ष्मीभक्त खनालले हस्तान्तरण गरेका थिए । उपचार खर्चको अभावमा थापाका श्रीमान तिलबहादुर थापाले दैनिक ४ घण्टा बोकेर अस्पताल सम्म ल्याउने लैजान गर्दथे । मृगौला पीडित थापालाई दुई पटक … Continue reading मृगौला पीडितलाई इन्जिनियर विष्टद्धारा सहयोग

१०८ फिट अग्लो मूर्ति निर्माणका लागि सम्झौता

दमौली ,३१ जेठ ।व्यास नगरपालिका वडा नं ३ स्थित पञ्चमन्दिर क्षेत्रमा निर्माण गरिन लागेको महर्षि वेदव्यास ऋषिको १०८ फिट अग्लो मूर्ति निर्माणका लागि आइतबार सम्झौता सम्पन्न भएको छ ।व्यास नगरपालिका र गौरी पार्वती, देव एण्ड सयर÷ऋषिशक्ति जे.भि बीच सम्झौता भएको हो । सम्झौता अनुसार पहिलो चरणमा ५ करोड ५० लाख ५५ हजार ६ सय ४० बराबरको काम हुनेछ । कुल ७१ करोड २ लाख १० … Continue reading १०८ फिट अग्लो मूर्ति निर्माणका लागि सम्झौता