नागरिकता जस्तो संवेदनशील विषयलाई राजनीतिक दाऊपेचको अस्त्र नवनाइयोस् –पूर्वमन्त्री भण्डारी

दमौली ,१० जेठ ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शकर भण्डारीले नागरिकता जस्तो संवदेनशील विषयलाई राजनीतिक दाऊपेचको अस्त्र नबनाउन सरकारलाई चेतावनी दिएका छन् । साथै पूर्वमन्त्री भण्डारीले असंवैधानिक प्रक्रियाबाट बनेका प्रधानमन्त्रीको सिफारिमा राष्ट्रपतिबाट जारी भएको नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८ ले यावत प्रश्नहरु उब्जाएको छ समेत बताएका छन् । पूर्वमन्त्री भण्डारीले सोमबार एक विज्ञप्ती जारी गरि सो कुरा बताएका हुन् । विज्ञप्तीमा तर नागरिकता … Continue reading नागरिकता जस्तो संवेदनशील विषयलाई राजनीतिक दाऊपेचको अस्त्र नवनाइयोस् –पूर्वमन्त्री भण्डारी

स्वास्थ्य सामाग्रीका लागि पूर्वमन्त्री भण्डारीले १ लाख १ हजार १ सय ११ रुपैयाँ सहयोग गर्ने

दमौली , ५ जेठ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले तनहुँमा स्वास्थ्य सामाग्री खरीदका लागि सहयोग गर्ने भएका छन् । पूर्वमन्त्री भण्डारीले नेपाली कांग्रेस तनहुँ मार्फत १ लाख १ हजार १ सय ११ रुपैयाँ सहयोग गर्ने भएका हुन् । नेपाली काग्रेस व्यास नगर समितिका सह–सचिव डम्बर अधिकारीले जानकारी दिए अनुसार उक्त रकम भोली नेपाली कांग्रेस तनहुँलाई हस्तान्तरण गरिने छ । पूर्वमन्त्री भण्डारीले … Continue reading स्वास्थ्य सामाग्रीका लागि पूर्वमन्त्री भण्डारीले १ लाख १ हजार १ सय ११ रुपैयाँ सहयोग गर्ने

कोरोनाको उपचार र नियन्त्रणका नाममा सरकार भ्रष्टचारमा लिप्त भएको काग्रेस नगर समितिको ठहर

दमौली , २९वैशाख । कोरोनाको उपचार र नियन्त्रण्का नाममा सरकार भ्रष्टचारमा लिप्त भएको ठहर नेपाली कांग्रेस व्यास नगर समितिले गरेको छ । नेपाली कांग्रेस व्यास नगर समितिका प्रवक्ता डम्बर अधिकारीले आज एक विज्ञप्ती जारी सो ठहर गरेका हुन । प्रवक्ता अधिकारीद्धारा जारी विज्ञप्तीमा राजधानी लगायत देशका विभिन्न भागमा अक्सिजनको चरम अभाव हुँदा बिरामीहरुले ज्यान गुमाउनु परि रहेको भन्दै सरकारको कडा आलोचना गरिएको छ । साथै … Continue reading कोरोनाको उपचार र नियन्त्रणका नाममा सरकार भ्रष्टचारमा लिप्त भएको काग्रेस नगर समितिको ठहर

पूर्वमन्त्री भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार

सेतीमादी संवाददातादमौली, २१ वैशाख । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले आफ्नो स्वास्थ्यमा क्रमिक सुधार भएको बताएका छन् । सेतीमादी दैनिकसंगको कुराकानीका क्रममा पूर्वमन्त्री भण्डारीले आफ्नो स्वास्थ्यमा क्रमिक सुधार भएको बताएका हुन् । “मेरो स्वास्थ्यमा हिजोको तुलनामा आज क्रमिक सुधार भएको छ । खानपिनको स्वाद बिस्तारै थाहा पाउन थालेको छु भने ज्वरो रोकिएको छ । श्वासप्रश्वासमा सहजता होस् भनेर अक्सिजन भने प्रयोग गरिरहेको … Continue reading पूर्वमन्त्री भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार

दमौली बजार इकाईको पदस्थापना सम्पन्न

दमौली , २१ बैशाख । तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईको पदस्थापना मंगलबार सम्पन्न भएको छ । सो अवसरमा नवनिर्वाचित सभापति भूपाल आले सहित पदाधिकारी सदस्यहरुले पदभार ग्रहण गरेका थिए । यसैबीच बजार इकाईको सचिवमा माधव न्यौपाने र सदस्यमा शेषराज श्रेष्ठ सदस्यमा मनोनित गरिएको छ । पदस्थापन कार्यक्रममा तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठ , निवर्तमान सभापति राजकुमार श्रेष्ठ र निर्वाचन समितिका संयोजक … Continue reading दमौली बजार इकाईको पदस्थापना सम्पन्न

श्वासप्रश्वासमा समस्या भएपछि पूर्वमन्त्री भण्डारी अस्पताल भर्ना

दमौली , २१ वैशाख । श्वास प्रश्वासमा समस्या भएपछि काग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारी अस्पताल भर्ना भएका छन् ।पूर्वमन्त्री भण्डारी सोमबार साँझ राजधानी स्थित ग्राण्डी इन्टरनेशनल अस्पतालमा भर्ना भएका हुन् । अस्पताल भर्ना भएका भण्डारीको परीक्षण भई रहेको छ । कोरोनाको संक्रमणका कारण पूर्वमन्त्री भण्डारी तीन दिन होम आइसोलेसनमा बसेका थिए । तर सोमबार श्वासप्रश्वासमा समस्या सिर्जना भएपछि अस्पताल भर्ना भएका हुन् । … Continue reading श्वासप्रश्वासमा समस्या भएपछि पूर्वमन्त्री भण्डारी अस्पताल भर्ना

व्यास–१४ मा तरुणदलको गठन

दमौली ,१९ बैशाख ।व्यास नगरपालिका वडा नं. १४ मा तरुणदलको कार्यसमिति गठन गरिएको छ ।शनिबार भएको एक भेलाले कर्ण सिंह थापाको संयोजकत्वमा कार्यसमिति गठन गरेको हो । सो अवसरमा प्रमुख अतिथि नेपाली कांग्रेस तनहुँका जिल्ला सचिव विश्व वास्तोला, व्यास नगर सभापति शान्तिरमण वाग्ले, तरुण दलका कार्यवाहक सभापति हिरा थापा लगायतले बोलेका थिए । Continue reading व्यास–१४ मा तरुणदलको गठन

विवेकशील साझाको नगर समिति गठन

दमौली ,१२ बैशाख ।विवेकशील साझा पार्टीको व्यास नगर समिति गठन गरिएको छ ।शनिबार सम्पन्न भेलाले सलमान अलि संयोजकत्वमा नगर समिति गठन गरिएको हो । समितिको सह– संयोजकमा बिप्लता ढुँगाना रहेका छन् । त्यस्तै सदस्यहरुमा विरोध श्रेष्ठ, महमद गफार, सुशील कुमार श्रेष्ठ, उमेश पौडेल, राज पन्थ, हसिना बानु, खेमराज परियार, हनिफ महमद, टुकराज अधिकारी, सिकन्दर बकस, आशा बस्नेत, सरस्वती कार्की, राजन सापकोटा, टिकाराम छिनाल, सुर्य बहादुर … Continue reading विवेकशील साझाको नगर समिति गठन

चुनावको तयारीमा जुटन के.स.भण्डारीको निर्देशन

दमौली ,१० बैशाख ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले कांग्रेस कार्यकर्तालाई चुनावको तयारीमा जुटन निर्देशन दिएका छन् ।मुलुकको अवस्था हेर्दा मंसिरमा चुनाव हुने सम्भावना रहेको हुँदा चुनावको तयारीमा जुटन के.स. भण्डारीले निर्देशन दिएका हुन । डुम्रेमा कार्यकर्तासंगको भेटका क्रममा सो निर्देशन दिएका हुन् । कम्युनिस्टहरूका कारण मुलुक बर्बादी तर्फ धकेलिएको के.स. भण्डारीको भनाई थियो ।त्यसैगरी के.स. भण्डारी बिहिबार नै भानु नगरपालिका वडा न … Continue reading चुनावको तयारीमा जुटन के.स.भण्डारीको निर्देशन

नगर कार्यपालिका बैठक सम्पन्न मिश्र नगर विकास समितिको सदस्यमा मनोनित

दमौली ,०८ बैशाख ।व्यास नगर कार्यपालिका बैठक मंगलबार सम्पन्न भएको छ ।नगर प्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको कार्यपालिका बैठक विभिन्न निर्णय गरेको छ । व्यास नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए अनुसार कार्यपालिका बैठकले चैत २२ गते बसेको कार्यपालिका बैठकको निर्णय र कार्यान्वयन पक्षको समिक्षा गरिएको थियो । बैठकले आगामी ३५ औं नगर सभा असार १० गते आव्हान गरी वडा स्तरीय, नगर स्तरीय योजना छनौटका … Continue reading नगर कार्यपालिका बैठक सम्पन्न मिश्र नगर विकास समितिको सदस्यमा मनोनित