थापा स्कुल अफ डेमोक्रेसीको प्रदेश सदस्यमा मनोनित

सेतीमादी संवाददातादमौली, २० फागुन । स्कुल अफ डेमोक्रेसी नेपालको गण्डकी प्रदेश समिति विस्तार गरेको छ । प्रदेश अध्यक्ष गंगाधर पराजुलीले बिहिबार समिति विस्तार गरेका हुन् । विस्तारित समितिमा तनहुँको भानु नगरपालिकाकी उपप्रमुख आशा थापा सदस्यमा मनोनित भएकी छन् । त्यस्तै बाग्लुङका काग्रेसका युवा नेता वसन्तबहादुर श्रेष्ठ, गोरखा नगरपालिकाकी उपप्रमुख विनादेवी श्रेष्ठ, प्राध्यापन पेशामा आवद्ध लेखानाथ उपाध्याय, नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष धनञ्जय कुमार श्रेष्ठ, नेपाली … Continue reading थापा स्कुल अफ डेमोक्रेसीको प्रदेश सदस्यमा मनोनित

तरुण दल तनहुँले गति लिन थाल्यो

दमौली ,१७ फागुन ।तरुण दल तनहुँको कार्यवाहक अध्यक्षको जिम्मेवारी हिरा थापाले सम्हाले लगत्तै तरुण दल तनहुँले गति लिन थालेको छ ।थापाले एक महिना अगाडि तरुण दल तनहुँको कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका थिए । तरुण दल तनहुँको कार्यवाहक अध्यक्षको जिम्मेवारी पाए लगत्तै कार्यवाहक अध्यक्ष थापाले स्थानीय तहका तरुण दलका अध्यक्षहरुसंग छलफल गरेका छन् । त्यस्तै थापाले कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाले लगत्तै बन्दिपुर गाउँपालिकामा तरुण दलको कार्य … Continue reading तरुण दल तनहुँले गति लिन थाल्यो

शिशिरको नेतृत्वमा तरुण दल बन्दिपुर गाउँ कार्य समिति गठन

दमौली ,१६ फागुन ।नेपाल तरुण दल बन्दिपुर गाउँ कार्य समिति गठन गरिएको छ ।शुक्रबार भएको भेलाले शिशिर थापा मगरको अध्यक्षतमा तरुण दलको बन्दिपुर गाउँ कार्य समिति चयन गरिएको हो । समितिको उपाध्यक्षमा कृष्णबहादुर गुरुङ, हरिशचन्द्र रावल, सचिवमा करन गुरुङ र चन्द्रबहादुर कार्की, सहसचिवमा अनोज तिमिल्सेना, कोषाध्यक्ष कृष्णकमल गुरुङ र सदस्यहरुमा प्रकाश खत्री र हरि कुँवर चयन भएका छन् ।तरुण दलका क्षेत्रीय सचिव मंगल सिंह गुरुङको … Continue reading शिशिरको नेतृत्वमा तरुण दल बन्दिपुर गाउँ कार्य समिति गठन

कानुन मिच्नेहरुको पतन निश्चित छ– के.स. वाग्ले

दमौली ,१३ फागुन ।नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य ध्रुव वाग्लेले कानुन मिच्नेहरुको पतन निश्चित भएको बताएका छन् ।प्रधानमन्त्री केपी शर्मा ओलीले कानुन मिचेकै कारण उनको पतन भएको बताएका छन् । सो कुरा आमन्त्रित के.स. वाग्लेले नेपाली काँग्रेस तनहुँले प्रतिनिधी सभा विघटन बदर भएको खुसीयालीमा गरेको सभालाई बुधबार सम्बोधन गर्दै बताएका हुन् । प्रतिनिधी सभा विघटनको बदरले देशमा आएको अराजक र अस्थिरताको आँधी साम्य भएको उनले … Continue reading कानुन मिच्नेहरुको पतन निश्चित छ– के.स. वाग्ले

हिन्दुत्वको लागि बलिदानी दिन तयार छु –के.स. भण्डारी

दमौली ,११ फागुन ।नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले हिन्दुत्वको लागि आपूmले बलिदानी दिन तयार रहेको बताएका छन् ।हिन्दुराष्ट्र पुनःस्थापनामा नेपाली काँग्रेसको भूमीका विषय परिचर्चा कार्यक्रमलाई पोरखामा सम्बोधन गर्दै के.स. भण्डारीले सो कुरा बताएका हुन् । नेपालमा हिन्दुराष्ट्रको पुनःस्थापना हुन जरुरी रहेको के.स.भण्डारीको भनाई थियो । विश्वमा एक मात्रै हिन्दु राष्ट्र भएको उल्लेख गर्दै के.स. भण्डारीले संसारभरी रहेका हिन्दुहरुको आस्थाको केन्द्र बनाउन, धार्मिक … Continue reading हिन्दुत्वको लागि बलिदानी दिन तयार छु –के.स. भण्डारी

मियाँ तरुण दल आँबुखैरेनी गाउँकार्य समितिको सदस्यमा मनोनित , तरुण कोष स्थापना

दमौली , ८ फागुन । नेपाल तरुण दल आँबुखैरेनी गाउँ कार्य समितिको सदस्यमा मोहम्मद यासिर मियाँलार्ई मनोनित गरिएको छ । गाउँ कार्य समितिका अध्यक्ष विजय गुरुङले मियाँलाई सदस्यमा मनोनित गरेका हुन् । मनोनित मियाँलाई जिम्मेवारी समेत प्रदान गरिएको गाउँ कार्य समितिका उपाध्यक्ष दिपेन्द्र अधिकारीले बताए । यसैबीच तरुण दल आँबुखैरेनी गाउँ कार्य समितिका अध्यक्ष गुरुङले १० हजार रुपैयाँ, उपाध्यक्षहरु दिपेन्द्र अधिकारीले ५ हजार रुपैयाँ ,किशोर … Continue reading मियाँ तरुण दल आँबुखैरेनी गाउँकार्य समितिको सदस्यमा मनोनित , तरुण कोष स्थापना

तनहुँमा दाहाल–नेपाल खेमाको अध्यक्ष को बन्ला त ?

दमौली ,५ फागुन ।नेपाल कम्युनिष्ट पार्टी(नेकपा) विधिवत् रुपमा विभाजित नभएपनि जिल्ला तहसम्म दुई खेमामा विभाजित हुन पुगेको छ ।जिल्ला तहसम्म विभाजित हुने क्रममा दुबै खेमाले जिल्ला तहमा आफ्नो खेमाको कमिटि गठन देखि विस्तार कार्यहरु अगाडि बढाउने तरखर गरिरहेका छन् । यसै सिलसिलामा तनहुँमा समेत दाहाल –नेपाल खेमाको जिल्ला नेतृत्व गठनको चर्चा परिचर्चा हुन थालेको छ । यद्यपी सो समूहले औपचारिक रुपमा यस विषयमा छलफल भने … Continue reading तनहुँमा दाहाल–नेपाल खेमाको अध्यक्ष को बन्ला त ?

के.स.भण्डारीद्धारा तेह्रथुमका नेता तथा कार्यकर्तासंग भेटघाट

सेतीमादी संवाददातातेह्रथुम, ०४ फागुन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं तरुण विभाग प्रमुख शंकर भण्डारी पूर्वका नेता तथा कार्यकर्तासंगको भेटघाटमा व्यस्त रहेका छन् । पूर्वका नेता तथा कार्यकर्ता संग भेटघाटमा व्यस्त रहेका के.स. भण्डारीले मंगलबार तेह्रथुममा व्यस्त रहे । त्यसक्रममा के.स.भण्डारी तेह्रथुममा आयोजित पार्टी कार्यालयमा पार्टीका नेता तथा भेटघाट गरेका थिए । भेटघाटका क्रममा के.स.भण्डारीले मुलुकलाई सहि दिशामा कांग्रेसले मात्रै लैजाने धारणा राखेका थिए । … Continue reading के.स.भण्डारीद्धारा तेह्रथुमका नेता तथा कार्यकर्तासंग भेटघाट

ताप्लेजुङको विरोध सभालाई केन्द्रिय सदस्य भण्डारीले सम्बोधन गर्दै

ताप्लेजुङ ,३ फागुन । नेपाली कांग्रेसले ताप्लेजुङमा आज विरोध सभा आयोजना गर्दैछ । ताप्लेजुङमा आयोजित विरोध सभालाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं तरुण विभाग प्रमुख शंकर भण्डारीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । अहिले जिल्लाका विभिन्न भागबाट रयाली निस्कने कार्यक्रम जारी रहेको छ । Continue reading ताप्लेजुङको विरोध सभालाई केन्द्रिय सदस्य भण्डारीले सम्बोधन गर्दै

तनहुँ कांग्रेसद्धारा विरोध प्रदर्शन

दमौली ३,फागुन । नेपाली कांग्र्रेस तनहुँले सरकारको असंवैधानिक कदमका विरुद्धमा आज दमौलीमा विरोध सभा आयोजना गरेको छ । कांग्रेसले पार्टी कार्यालय परिसरमा विरोध प्रदर्शन आयोजना गरेको हो ।विरोध प्रदर्शनलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिलबहादुर घर्तिले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । Continue reading तनहुँ कांग्रेसद्धारा विरोध प्रदर्शन