शिसाघाट शाहसी कुमाल दाजुभाईले चितुवालाई पराजित गरी आफ्नो ज्यान बचाए

दमौली ,०८ बैशाख ।व्यास नगरपालिका–६ शिसाघाटका ५२ वर्षिय मदन कुमाल र उहाँको भाई ३९ वर्षिय भेषबहादुर कुमालले चितुवालाई पराजित गरी आफ्नो ज्यान बचाउन सफल भएका छन् ।बुधबार दिउँसो लडेर चितुवालाई पराजित गर्नुका साथै नाम्लकोको डोरीले बाँधेर नियन्त्रणमा लिएका छन् । चितुवालाई पराजित गर्ने मदन ठुलो बुबा र भेष माईलो बुबाको छोरा रहेको शिसाघाटबाट रामचन्द्र नागिलाले जानकारी दिए । ‘‘नरभक्षी चितुवाले मलाई आक्रमण ग¥यो म लडी … Continue reading शिसाघाट शाहसी कुमाल दाजुभाईले चितुवालाई पराजित गरी आफ्नो ज्यान बचाए

तनहुँ कालिका शहिद शान्ति पार्क भित्र मन्दिर निर्माण सम्पन्न

दमौली ,०८ बैशाख ।व्यास नगरपालिका ४, दमौली स्थित तनहुँ कालिका सहिद शान्ति पार्कमा कलात्मक मन्दिर निर्माण कार्य पुरा भएको छ । सदरमुकाम दमौलीलाई पर्यटकको थप आर्कषणको केन्द्र बनाउन कालिका शान्ति पार्क भित्र समेटिएको जङ्गलको बीचमा कालिका मन्दिर निर्माण गरिएको हो । बाघभञ्याङ सामुदायिक वनको शिखरमा तनहुँ कालिकाको ३ तले ५५ फिट उचाइको मन्दिर प्यागोडा शैलीमा मन्दिर बनेको छ । तनहुँ कालिका सहिद शान्ति पार्कभित्र चिल्डेून … Continue reading तनहुँ कालिका शहिद शान्ति पार्क भित्र मन्दिर निर्माण सम्पन्न

आन्तरिक विवादको भूमरीमा एमाले

सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई अलग–अलग दल घोषणा गरिदिए पछि तत्कालिन नेकपाका नेताहरु आ–आफ्ना कित्तामा जान बाध्य भएका थिए । यद्यपी माओवादी केन्द्रका केही नेताहरु भने एमालेको कित्तामा पुगेका छन् । यसरी एमालेको कित्तामा पुगेका माओवादी नेताहरुको सांसद पद गुमेर उनीहरु संविधानले व्यवस्था गरे अनुरुप पुनः ६ महिनाका लागि मन्त्री बन्न पुगेका छन् । धेरैलाई लागेको थियो नेकपा एमाले र माओवादी केन्द्र … Continue reading आन्तरिक विवादको भूमरीमा एमाले

नगर कार्यपालिका बैठक सम्पन्न मिश्र नगर विकास समितिको सदस्यमा मनोनित

दमौली ,०८ बैशाख ।व्यास नगर कार्यपालिका बैठक मंगलबार सम्पन्न भएको छ ।नगर प्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको कार्यपालिका बैठक विभिन्न निर्णय गरेको छ । व्यास नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए अनुसार कार्यपालिका बैठकले चैत २२ गते बसेको कार्यपालिका बैठकको निर्णय र कार्यान्वयन पक्षको समिक्षा गरिएको थियो । बैठकले आगामी ३५ औं नगर सभा असार १० गते आव्हान गरी वडा स्तरीय, नगर स्तरीय योजना छनौटका … Continue reading नगर कार्यपालिका बैठक सम्पन्न मिश्र नगर विकास समितिको सदस्यमा मनोनित

खेल क्षेत्रलाई राज्यले विशेष ध्यान दिनुपर्दछ–पूर्वमन्त्री भण्डारी

सेतीमादी संवाददातादमौली, ०७ वैशाख । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले खेल क्षेत्रको विकासमा राज्यले विशेष ध्यान दिनुपर्ने बताएका छन् । राज्यले खेल क्षेत्रलाई ध्यान नदिदाँ प्रतिभावान खेलाडीहरु विदेशिन बाध्य भएको पूर्वमन्त्री भण्डारीको भनाई छ । पूर्वमन्त्री भण्डारीले चैते दशैका अवसरमा भानु १० रामपुरेटारमा आयोजित खुल्ला भलिवल प्रतियोगिताको उद्घाटन गर्ने क्रममा मंगलबार बताएका हुन् । खेलका माध्यमबाट विश्वका विभिन्न मुलुकहरु विश्व माँझ चिनिनुका … Continue reading खेल क्षेत्रलाई राज्यले विशेष ध्यान दिनुपर्दछ–पूर्वमन्त्री भण्डारी

संसदको उपहास

नेपालको संविधानको धारा ७८ को उपधारा १ मा राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा संघीय संसदको सदस्य नभएको कुनै पनि व्यक्तिलाई मन्त्री नियुक्त गर्न सक्ने व्यवस्था गरिएको छ । तर मन्त्री नियुक्त भएको ६ महिनाको अवधिमा संघीय सांसद नबनेको अवस्थामा पुनः नियुक्त पाउन नसक्ने व्यवस्था सोही धाराको उपधारा २ मा व्यवस्था गरिएको छ । संविधानमा व्यवस्था गरिए अनुरुप प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ६ जना … Continue reading संसदको उपहास

नवनिर्वाचित टोलीद्धारा मतदातालाई धन्यवाद ज्ञापन

दमौली ,०६ बैशाख ।तनहुँ उद्योग वाणिज्य संघको नवनिर्वाचित टोलीले मतदातालाई धन्यवाद दिएको छ ।नवनिर्वाचित अध्यक्ष पविन्द्रकुमार श्रेष्ठ सहित निर्वाचित टोलीले मतदाताहरुलाई घरदैलोमा पुगेर मतदाताहरुलाई धन्यवाद ज्ञापन गरेको हो । नवनिर्वाचित टोलीले आइतबार दमौली बजार विभिन्न स्थानमा पुगेर अमुल्य प्रदान गरेकोमा धन्यवाद ज्ञापन गरेको थियो । सो अवसरमा नवनिर्वाचित अध्यक्ष श्रेष्ठ सहितको टोलीलाई दमौली स्थित सफासडक टोल विकास संंस्था, ग्रीन सिटी टोल विकास संस्था लगायत विभिन्न … Continue reading नवनिर्वाचित टोलीद्धारा मतदातालाई धन्यवाद ज्ञापन

कर्णालीको राजनीतिले दिएको सन्देश

नेपालको संसदीय राजनीतिमा प्रधानमन्त्रीले विश्वासको मत लिदाँ सत्ता पक्षका सांसदहरु अनुपस्थित भई सरकार ढलेका घटना कुनै नौलो विषय थिएन । प्रधानमन्त्रीले विश्वासको मत लिदै गर्दा सत्तापक्षका सांसदहरु अनुपस्थित हुने हुन कि भनेर एक किसिमको शंकाको दृष्टिकोणले हेर्ने गरिन्थ्यो । तर शुक्रबार नेपालको संसदीय राजनीति फ्लोर क्रसको अभ्यास समेत सुरु भएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र शाहीले विश्वासको मत लिदै गर्दा नेकपा एमालेका ४ जना … Continue reading कर्णालीको राजनीतिले दिएको सन्देश