तनहुँमा जन्मिएका पोखरेल गण्डकी प्रदेशको मुख्यमन्त्री बन्दै

दमौली , २८ जेठ । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले २४ घण्टाको समय सिमा दिएर मुख्यमन्त्रीको नियुक्तकी लागि आधार पेश गर्न आव्हान गरे सगै गण्डकी प्रदेशमा नयाँ सरकार गठनको सरगर्मी बढ्न थालेको छ ।


सरकार गठनको सरगर्मी बढे सगै विपक्षी दल नेपाली कांग्रेस , माओवादी ,जसपा ,राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसद दिपक मनाङगे सरकार गठनको दावी पेश गर्न केहीबेरमा प्रदेश प्रमुख समक्ष जाने भएका छन् । गण्डकी प्रदेशमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र पोखरेल मुख्यमन्त्री दाबी गर्ने भएका छन् ।


गण्डकी प्रदेशको मुख्यमन्त्री बन्न लागेका पोखरेलको पुख्यौली थलो तनहुँ हो । पोखरेलको जन्म तनहुँको साविक तनहुँसुर गाविसको राम्चेमा भएको थियो । पोखरेल कांग्रेसका नेता स्व. गोवर्धन पोखरेल र दौप्रदा पोखरेलका माहिला छोरा हुन् । बाल्यकाल देखि नै कांग्रेसको राजनीतिक परिवेशबाट हुर्किएका पोखरेल बुबासगै प्रवासमा रहँदा विद्यार्थी राजनीतिबाट सक्रिय राजनीतिमा सहभागी भएका थिए । प्रवासबाट फर्किए लगत्तै तनहुँ आएर पार्टीको जिल्ला कार्य समिति रहेर संगठन बिस्तारमा लागेका थिए । करिब ८ बर्ष तनहुँमा रहेर राजीतिक जीवनमा सक्रिय भए लगत्तै उनी ४०को दशकमा नवलपरासीमा स्थायी रुपमा बसोबास गरेका थिए । पोखरेलले पटक–पटक जेल जीवन विताएका छन् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s