तनहुँ काङग्रेसको प्रज्वलित दीप निभेको छ –पूर्वमन्त्री भण्डारी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले तनहुँ कांग्रेसको प्रज्वलित दीप निभेको बताएका छन् ।


नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधी एवं सामाजिक व्यक्तित्व हाजि रफिक मियाँ प्रति अन्तिम श्रद्धाञ्जली व्यक्त गर्दै पूर्वमन्त्री भण्डारीले सो कुरा बताएका हुन् । मियाँको निधनले कांग्रेस पार्टीलाई मात्र नभई सिङगो समाजलाई समेत ठूलो क्षति पुगेको पूर्वमन्त्री भण्डारीको भनाई थियो । जीवनभर कांग्रेस पार्टीका लागि भनेर हिडेका मियाँ प्रति पार्टीलाई बाँचुञ्जेल केही दिन नसकेकोमा आफूलाई आत्मा ग्लानी भएको समेत पूर्वमन्त्री भण्डारीको भनाई थियो । स्व.मियाँको पार्टीले उच्च मूल्याङकन गर्ने समेत पूर्वमन्त्री भण्डारीको भनाई थियो ।

सो अवसरमा नेपाली कांग्रेस तनहुँका सभापति बैकुण्ठ न्यौपानेले मियाँको निधनले पार्टीलाई अपुरणीय क्षति पुगेको बताएका थिए । मियाँ पार्टीको इमान्दार र कर्तव्यनिष्ट नेता भएको समेत सभापति न्यौपानेको भनाई थियो । मियाँ प्रति नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य धु्रव वाग्ले , संविधान सभा सदस्य रामचन्द्र पोखरेल , जिल्ला सचिवद्धय विश्व वास्तोला र लक्ष्मी आचार्यक्षेत्रीय सभापतिहरु उदयराज गौली , किसान गुरुङ,जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले , स्कुल अफ डेमोक्रेसी नेपाल तनहुँ शाखाका अध्यक्ष डम्बर अधिकारी ,व्यास नगर जेसिजका अध्यक्ष लक्ष्मीभक्त खनाल लगायत निर्वाचित जनप्रतिनिधी र सर्वसाधारणहरुले अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका थिए । मियाँ प्रति श्रद्धाञ्जली व्यक्त गर्न सर्वसाधारणहरुको ठूलो भीड लागेको थियो । सो अवसरमा नेपाली कांग्रेस तनहुँका सभापति बैकुण्ठ न्यौपानेले वरिष्ठ नेता रामचन्द्र पौडेलले पठाएको शोक वक्तव्य पढेर सुनाएका थिए ।वरिष्ठ नेता पौडेलले पनि मियाँको निधनले पार्टीलाई ठूलो क्षति पुगेको बताएका थिए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s