उपचार खर्च नहुँदा मृत्यु कुरेर बस्दै सुकमाया

दमौली ,२७ जेठ

ऋषिङ गाउँपालिकाबाट व्यास नगरपालिका वडा नं ११पोल्याङमा आई ज्याला मजदुरी गरेर श्रीमान् र तीन सन्तानलाई लालपालन गर्दे आएकी सुकमाया रानाको जीवनमा ब्रजपात परेको छ । अपाङगता श्रीमान् र तीन सन्तानको लाालपालन गर्दै आएकी ढलेर प्यारालाइसिस भएसगै सुकमायाको जीवनमा ब्रजपात परेको हो । आर्थिक अवस्था अत्यन्ज नाजुक भएकी सुकमायाको उपचार हुन नसक्दा उनी घरमा नै मृत्यु पर्खेर बस्नु परेको छ । जुन दृश्य निकै पीडादायी छ । हुन त सुकमायाको उपचार गर्नका लागि भनेर उनीहरुले पोखरा स्थित फेवा सिटि अस्पतालमा नलगेका होइन ।तर उपचारका लागि आवश्यक पर्ने रकम नहुँदा परिवारका सदस्यले सुकमायलाई घरमा नै ल्याउन बाध्य भए । अस्पतालका अनुसार सुकमायको उपचारका लागि कम्तीमा पनि ८ ÷१० लाख रुपैयाँ खर्च हुने अवस्था रहेको छ ।तर उनको रुपमा ८ ÷९ सय रुपैयाँ समेत छैन ।यस्तो अवस्थामा सुकमाया मृत्यु कुरेर बस्नु सिवाय अरु केही छैन । यहाँसम्मकि सुकमायाको परिवारमा यतिबेला बिहान खाए बेलुका के खाउँ भन्ने समस्या समेत रहेको छ । जुन विषय अत्यन्त दुःखदायी छ ।

यहिबीचमा सुकमायाको पीडा सार्वजनिक भएसगै स्कुल अफ डेमोक्रेसी नेपाल तनहुँ शाखा ,एलान्यस क्लव र स्थानीय वासिन्दाहरुले खाद्यन्न लगायतका सामाग्रीहरु सहयोग गरेका छन् । जुन सहयोगले सुकमायाको परिवारलाई केही समय हातमुख जोड्नका लागि त सहज भएको छ ।तर उपचार गर्न अस्पताल जान नपाएर भने सुकमाया छडपटाई रहेकी छन् । यस किसिमको समस्या अहिले सुकुमायाको परिवारमा परेको छ भोली जो कोहीको परिवारमा पर्न सक्दछ । त्यसैले सुकमायको उपचारमा सहयोग गर्ने विषयमा सबैले आ–आफनो ठाउँ हातेमालो गर्ने कि ?

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s