अस्ताए तनहुँको उत्तरी भेगका उज्वल नक्षत्र

दमौली ,२७ जेठ । तनहुँको उत्तरी भेगका उज्वल नक्षेत्र हाजी रफिक मियाँको निधन भएको छ ।


मियाँको आज बिहान हृदयघातबाट निधन भएको हो । सतिस्वाराँ निवासी स्वर्गीय मियाँलाई उत्तरी भेगमा कांग्रेस पार्टीको बलियो खम्बाको रुपमा हेरिने गर्दथ्यो । मियाँ काग्रेसको महाधिवेशन प्रतिनिधी समेत हुन् । कांग्रेस पार्टीका अलावा सामाजिक क्षेत्रमा समेत मियाँको ठूलो योगदान रहेको थियो ।त्यस क्षेत्रमा शिक्षा ,स्वास्थ्य ,खानेपानी ,सडक र बिजुली पुरयाउनका लागि मियाँको ठूलो योगदान रहेको थियो ।
मियाँ मुस्लिम आयोगको पूर्व सदस्य समेत हुन् । मियाँको निधनले मुस्लिम समुदायमा समेत अपुरणीय क्षति पुगेको छ ।
यसैबीच मियाँको निधन प्रति नेपाली काङग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले गहिरो दुःख व्यक्त गरेका छन् । मियाँको निधनले काङग्रेस पार्टीलाई ठूलो क्षति पुगेको पूर्वमन्त्री भण्डारीले बताएका छन् । साथै पूर्वमन्त्री भण्डारीले दिवङगत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवार प्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s