अधिकारी र मियाँद्धारा स्कुल अफ डेमोक्रेसी मार्फत सहयोग हस्तान्तरण

दमौली ,२६ जेठ । अपाङगता भएर समस्यामा परेको सुकमाया आलेको परिवारलाई सहयोग जुट्न थालेको छ ।

व्यास ११ पोल्याङमा बस्दै आएकोआलेको परिवारलाई बुधबार स्कुल अफ डेमोक्रेसी नेपाल तनहुँ मार्फत १३ हजार बराबरको खाद्य लगायत अन्य सामाग्रीहरु हस्तान्तरण गरेको छ । सामाग्री स्कुल अफ डेमोक्रेसी नेपाल तनहुँ शाखाका अध्यक्ष डम्बर अधिकारीले हस्तान्तरण गरेका थिए । सहयोग हस्तान्तरण कार्यक्रममा जेसिआई व्यास नगरका अध्यक्ष लक्ष्मीभक्त खनाल , सहयोगदाता स्कुल अफ डेमोक्रेसी तनहुँका आमन्त्रित सदस्य दिपेन्द्र अधिकारी र आँबुखैरेनी गाउँपालिका निवासी युवा आरिफ मियाँ र प्रेस युनियन तनहुँका अध्यक्ष अमरराज नहर्कीको उपस्थिती रहेको थियो ।

सो अवसरमा स्कुल अफ डेमोक्रेसी नेपाल तनहुँ शाखाका अध्यक्ष अधिकारीले सहयोगदाता अधिकारी र मियाँलाई धन्यवाद दिदै अपाङगता भएका भएको रानाको परिवारलाई सहयोग गर्न अन्य संघ संस्था र व्यक्तिहरुलाई समेत आग्रह गरेका थिए । रानाको परिवारमा राना प्यारालाइसिस भएर ओछ्यानमा छ भने उनको श्रीमानको समेत एउटा खुट्टा राम्रो संग चल्दैन । राना परिवारका तीन सन्तान समेत रहेका छन् । उनीहरुको पठनपाठनमा समेत निकै समस्या हुने देखिएको छ । यसैगरी स्कुल अफ डेमोक्रेसी तनहुँका आमन्त्रित सदस्य दिपेन्द्र अधिकारीले आँबुखैरेनी ८का ब्लड क्यान्सर पीडित राना भुजेलको उपचारका लागि समेत समन्वय गरेका छन् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s