स्वास्थ्यकर्मीको परिचयपत्र बनाएर लागूपदार्थ ओसारपसार

दमौली , २३ जेठ । स्वास्थ्यकर्मीको परिचय पत्र बनाएर लागूपदार्थ ओसारपसार गरेको अवस्थामा तनहुँ प्रहरीले दुई जनालाई प्रकाउ गरेको छ ।


प्रकाउ पर्नेमा व्यास नगरपालिका वडा नं १२ घर भई हाल गोरखा नगरपालिका पाङकोट बस्ने २६ बर्षका उमेश खत्री र गोरखा आरुघाट गाउँपालिका वडा नं १ घर भई हाल गोरखा नगरपालिका वडा नं ७ सतिपिपल बस्ने २४ बर्षका पूर्ण सिंह गुरुङ रहेका छन् । उनीहरुलाई चेकजाँचका क्रममा प्रहरीले आँबुखैरेनी वडा नं ४ बेनिटारबाट प्रकाउ गरेको हो । प्रकाउ परेकाहरुको साथबाट डाइजेपम ९४ थान , फेनरागन ९४ थान , नुफिन ९६ थान बरामद गरेको छ । त्यस्तै ४ थान सिरिन्ज समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।


प्रकाउ परेका मध्ये गुरुङले गोरखा स्थित अर्याल मेडिकल हलको नाममा परिचय पत्र बनाएको भेटिएको छ । प्रकाउ परेका दुबैलाई कार्वाही प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s