तउवा संघद्धारा भानु र बन्दीपुर अस्पतालमा अक्सिजन सिलिण्डर हस्तान्तरण

दमौली ,१९ जेठ । तनहुँ उद्योग वाणिज्य संघले जिल्लाका विभिन्न अस्पताल र आइसोलेसन कक्षमा अक्सिजन सिलिण्डर र स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यलाई जारी राखेको छ ।

यसै सिलसिलामा तउवा संघले मंगलबार बन्दिपुर अस्पतालमा ३ थान अक्सिजन सिलिण्डर सहित स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । तउवा संघका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठ सहितको टोली गाउँपालिका उपाध्यक्ष करुणा गुरुङ र अस्पतालका डाक्टर विमल दवाडीलाई सामाग्री हस्तान्तरण गरेको थियो ।

तउवा संघको टोलीले मंगलबार नै भानु नगरपालिका स्थित पुरनडिहि नगर अस्पतालमा ३ थान अक्सिजन सिलिण्डर सहित स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । अध्यक्ष श्रेष्ठ सहितको टोलीले भानु नगरपालिकाका वरिष्ठ अधिकृत सुनिल पाण्डे र स्वास्थ्य शाखा प्रमुख ऐश्वर्य भट्राईलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको थियो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s