हतारमा कार्यक्रम तय नगर्ने कि ?

छिर्कन स्थित भानुभक्त प्राणी उद्यानको नव निर्मित भवन शनिबार उद्घाटन कार्यक्रम राखिएको थियो । तर तत्कालका लागि भवन उद्घाटन कार्यक्रम स्थगित हुन पुगेको छ । भानुभक्त प्राणी उद्यान कार्यालयले विभागिय मन्त्री प्रेम आलेको व्यवस्तता कारण स्थगित हुन पुगेको जनाएका छन् । पछिल्लो राजनीतिक घटनाक्रम हेर्दा उद्यान कार्यालयले कार्यक्रम स्थगित हुने विषयमा दिएको जानकारी एक हिसाबले सहि मान्नु पर्दछ । तर कार्यालय बिना तयारी उद्घाटन कार्यक्रम तय गर्दा यस किसिमको परिणाम आउन पुगेको धेरैको ठम्याई रहेको छ । प्राप्तजानकारी अनुसार एक साता अगाडि सम्म भवन उद्घाटन गर्ने विषयमा कुनै जानकारी थिएन । तर एकाएक भवन उद्घाटनको कार्यक्रम तय गरियो । जुन विषय प्रति स्थानीय जनता, जनप्रतिनिधी र स्थानीय जनता निकै असन्तुष्ट रहेका थिए । यहाँसम्मकि उद्घाटन कार्यक्रम तय भएको भए अवरोध समेत हुने परिस्थिती सिर्जना हुने लगभग निश्चित थियो । यसरी अवरोध सिर्जना हुँदा झडपको अवस्था समेत नहोला भन्न सकिन्थ्यो ।

खासगरी राष्ट्रसेवक कर्मचारीहरु सत्ता पक्षको दबाबमा परेर अन्य राजनीतिक दल, जनप्रतिनिधी र स्थानीय संग समन्वय नगर्ने प्रचलन रहेको छ । भानुभक्त प्राणी उद्यानको भवन उद्घाटन कार्यक्रममा पनि त्यहि रंग देखिएको थियो । भौगोलिक हिसाबमा हेर्ने हो भने भानुभक्त प्राणी भानु नगरपालिका र व्यास नगरपालिकामा पर्दछ । तर भवन उद्घाटन कार्यक्रम तय गर्नु अगाडि कार्यालयले यि दुई स्थानीय तहका जनप्रतिनिधी संग समन्वय गरेको पाइएन । तसर्थ आगामी दिनमा कुनै पनि शिलान्यास र उद्घाटनका कार्यक्रम तय गर्दा सबै संग छलफल अगाडि बढाउनु जरुरी देखिन्छ ।


सेतीमादी सम्पादकीय

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s