भूमिहीन र अव्यवस्थित बसोबासीको तथ्याङ्क सङ्कलन तीब्र व्यास नगरपालिकामा ६ हजार ८ सय ७२ जनाद्धारा आवेदन

दमौली ,२३ फागुन ।
तनहुँमा भूमिहीन र अव्यवस्थित बसोबासीको तथ्याङ्क सङ्कलन तीब्र पारिएको छ । भूमिहीनहरुलाई भूमि उपलब्ध गराउने नेपाल सरकारको योजना अनुरुप तथ्याङ्क सङ्कलन तीब्र पारिएको हो ।
२०२१ को आठौं संसोधन जारी भएको २०७६ माघ २८ गते भन्दा १० वर्ष अघिबाट बसोबास गर्दै आएको जग्गा आवाद कमोद भई आएको कागजात, निर्णय र सिफारिस सहित फाराम भर्न सकिने व्यवस्था नेपाल सरकारले गरेबमोजिमको तथ्याङ्क सङ्कलन गरिएको जनाईएको छ ।
व्यास नगरपालिकाभित्र भूमी प्राप्तीको लागि ६ हजार ८ सय ७२ जनाको आवेदन दिएका छन् । भूमिहीन दलित ७३०, भूमिहीन सुकुम्बासी ४९७ र अव्यवस्थित बसोबासी ६ हजार १४२ समेत गरि उक्त सङ्ख्याले आवेदन दिएको नगरपालिका लागत सङ्कलन इकाई प्रमुख तथा शाखा अधिकृत विमल गिरीले जानकारी दिए । नगर पालिकाले १४ वटा वडामा गरी २४ जना स्वंयमसेवक मार्फत एक महिनाको अबधिमा उक्त लागत सङ्कलन गरेको गिरीले बताए ।


भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको तथ्याङ्क सङ्कलनका लागि १४ वटै वडामा वडा सचिव र छनोटमा परेका तथ्याङ्क सङ्कलकलाई तालिम प्रदान गरी पठाइएको थियो । अधिकार भएर पनि खोज्न नजान्ने, थाहा नपाउने नछुटुन् भन्नको लागि निवेदकको नाम सार्वजानिक सूचना जारी गर्ने अनावश्यकको नाम परेको भए हटाउने र छुटेकाको दाखिला गर्न निर्देशन गरिएको व्यास नगरपालिकाका प्रमुख वैकुष्ठ न्यौपानले जानकारी दिए । ‘‘सार्वजानिक सुनुवाई गरेर केलाएर हेछौं त्रुटी भए सच्याउँछौं’’ नगर प्रमुख न्यौपानले भने । भूमि सम्बन्धी ऐन, जिल्लाका नगरपालिकाहरु व्यास, शुक्लागण्डकी, भिमाद, भानु र गाउँपालिकाहरु देवघाट, बन्दीपुरमा पहिलो चरणमा सम्झौता गरी लगत सङकलनको कार्य भइरहेको छ । दोस्रो चरणमा गाउँपालिकाहरु म्याग्दे, आँबुखैरेनी, घिरिङ गाउँपालिकासँग सम्झौता गरी कार्य अगाडि बढाइएको छ भने ऋषिङ गाउँपालिकामा सम्झौता हुन बाँकी छ । जिल्लामा भूमि सम्बन्धी समस्या समाधान आयोगको कार्यालय स्थापना भइसकेको छ । सरकारले आयोगको अध्यक्षमा दधिराज सुवेदी, विज्ञ सदस्यमा दीर्घबहादुर दरै र सदस्यमा शान्ति कुँवरलाई नियुक्त गरेको थियो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s