दमौली ,२३ फागुन ।
छिर्कन स्थित भानुभक्त प्राणी उद्यान प्रधानमन्त्री केपी शर्मा ओली निकटको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) करण गर्न खोजिएको खुलासा भएको छ ।
हतार–हतारमा कार्यालय भवन उद्घाटन गर्न खोजेर नेकपाकरण गर्न खोजे सगै सो विषय खुलासा भएको हो । सो कार्यमा प्रधानमन्त्री ओली निकटका जनप्रतिनिधी र कार्यकर्ताहरु लागि परेका थिए । यसरी प्रधानमन्त्री ओली निकटका जनप्रतिनिधी र कार्यकर्ता लाग्दै गर्दा सो कार्यलाई भानुभक्त प्राणी उद्यान कार्यालयका प्रमुख रुपक महर्जनले समेत साथ दिएको बुझिन आएको छ । यसरी साथ दिने क्रममा कार्यालय प्रमुख महर्जनले भवन उद्घाटन समारोहमा पूर्व वनमन्त्री शंकर भण्डारीलाई निमन्त्रणमा समेत नगरेको खुलासा भएको छ ।
शनिबार नेपाल राष्ट्रिय मगर संघ तनहुँको कार्यक्रममा पूर्वमन्त्री भण्डारीले सो विषय खुलासा गरेका हुन् । “मेरो पहलमा प्राणी उद्यान निर्माण कार्य अगाडि बढेको हो, राजधानीमा आयोजित एक कार्यक्रममासगै हुँदा वनमन्त्री आलेले तपाईको पालामा सुरु भएको प्राणी उद्यानको भवन उद्घाटन कार्यक्रममा जानुपर्छ भने तर आयोजकले निमन्त्रणा गरेका थिएनन् । तैपनि मैले तपाई गएर उद्घाटन गर्नुस मेरो शुभकामना छ भनेको थिए उद्घाटन कार्यक्रम स्थगित भएछ ।” पूर्वमन्त्री भण्डारीले भने ।
तनहुँमा सत्ताको ताबेदारी गरेर नेपाली कांग्रेसलाई वेवास्ता गर्ने सरकारी कर्मचारीहरुको हामीले रेकर्ड राखेको समेत पूर्वमन्त्री भण्डारीले बताए । यसैबीच बिना समन्वय भानुभक्त प्राणी उद्यानको भवन उद्घाटन कार्यक्रम तय गरेको प्रति स्थानीय तह र स्थानीय वासिन्दाहरुले समेत असन्तुष्टी जनाएका थिए । बिना समन्वय भवन उद्घाटन कार्यक्रम तय गरिए आफूहरुलाई स्वीकार्य नहुने समेत स्थानीय वासिन्दाले बताएका छन् ।
भवन उद्घाटन कार्यक्रम स्थगित
भानुभक्त प्राणी उद्यानको भवन उद्घाटन कार्यक्रम स्थगित हुन पुगेको छ ।
पूर्व निर्धारित कार्यक्रम अनुसार शनिबार वनमन्त्री प्रेम आलेले भवन उद्घाटन गर्ने कार्यक्रम रहेको थियो । हतारमा भवन उद्घाटन कार्यक्रम राखिएकोमा सर्वत्र आलोचना भएको थियो । प्राप्त जानकारी अनुसार उद्घाटन कार्यक्रममा अवरोध हुन सक्ने मध्यनजर गर्दै प्रशासनले समेत भवन उद्घाटन कार्यक्रम रोक्न सुझाव दिएको अनुमान गरिएको छ ।
यद्यपी केन्द्रमा प्रधानमन्त्री केपी शर्मा ओली खेमाको संसदीय दलको बैठकका कारण पनि वनमन्त्री आले सहभागी हुन नसक्ने हुँदा उद्घाटन कार्यक्रम रोकिएको रोकिएको चर्चा चलेको छ ।