तनहुँमा दोस्रो चरणको खोप वडा स्तरमै लगाईने

दमौली ,२३ फागुन ।
कोरोना भाईरस (कोभिड–१९) विरुद्ध खोप तनहुँमा वडा स्तरमै पुगेर लगाईने भएको छ । वडास्तरमा उपलब्ध भएपछि खोप लगाउन तनहुँबासीलाई सहज हुने भएको छ ।
आजबाट शुरु हुने दोस्रो चरणको खोप ८५ वटा वडाका ९४ वटा स्वास्थ्य केन्द्रमा लगाउने व्यवस्था मिलाईएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए । ‘‘पहिलो चरणमा पाँच हजार जनालाई खोप लगाउँदा अबाच्छित घटना घटेनन्, स्वास्थ्यमा समस्या नदेखिएकोले स्थानीय स्तरमा नै खोप लगाउने व्यवस्था मिलाईएको छ’’ स्वास्थ्य प्रमुख अधिकारीले भने । जिल्लाका ६५ वर्ष उमेर माथिका जेष्ठ नागरिकहरु करिब १५ हजार भन्दा धेरैलाई खोप लगाउने लक्ष्य राखिएको उनले जानकारी दिए । फागुन २३ गतेदेखि चैत २ गतेसम्म दुई चरणमा खोप लगाईने कार्यालयले शनिबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।


फागुन २३ देखि २७ गतेसम्म व्यास नगरपालिका, भानु नगरपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र देवघाट गाउँपालिकामा खोप कार्यक्रम सञ्चालन गरिने सूचना अधिकारी विरेन्द्रकुमार चौधरीले बताए । त्यसैगरी फागुन २८ देखि चैत २ गतेसम्म शुुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका ऋषिङ गाउँपालिका, घिरिङ गाउँपालिका र म्याग्दे गाउँपालिका मा लगाइने चौधरीले बताए । चौधरीका अनुसार २६६ जना स्वास्थ्यकर्मी र ४६६ स्वएम् सेविकाहरुलाई खोप कार्यक्रमका लागि तालिम समेत प्रदान गरिएको छ । पत्रकार सम्मेलनमा अवसरमा कोरोना भाईरस सम्बन्धि जानकारी समेत प्रदान गरिएको थियो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s