शुक्लागण्डकीमा प्रथम मेयर कप हुने

दमौली ,२० फागुन ।
शुक्लागण्डकी नगरपालिकाले प्रथम मेयर कप अन्तरपालिका स्तरिय भलिबल प्रतियोगिता, खुला व्याडमिन्टन प्रतियोगिता र अन्तर विद्यालयस्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता गर्ने भएको छ ।
बैठक वडा नम्बर १ को थप्रेक सामुदायिक होमस्टेमा सम्पन्न भएको छ । ८५ औ नगर कार्यपालिकाको वैठकले सो निर्णय गरेको हो । थप्रेकको पर्यटन प्रर्वद्धनका लागि मंगलबार थप्रेक भ्यूटावरसँगै रहको सामुदायिक भवनमा बैठकले सो निर्णय गरेको प्रवक्ता खिमबहादुर कुमालले जानकारी दिए । प्रथम मेयर कप भलिबल र ब्याडमिन्टन प्रतियोगिता चैत १५ देखि १७ गतेसम्म हुनेछ । राष्ट्रपति रनिङशिल्ड फागुन २७ र २८ गते हुनेछ ।
लामो समयसम्म नगरपालिकाले समस्याको रुपमा रहेको फोहरमैला व्यवस्थापनका लागि नगरमा प्रस्ताव पेश गरेका संस्थासँग केही शर्तसहित छलफल गर्ने र छिट्टै टुंगो लगाउने निर्णय भएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका अनुसार संघीय सरकारबाट प्राप्त सशर्त अनुदान र नगरपालिकाले शिक्षाको क्षेत्रमा छुटएको बजेटलाई बाँडफाड समेत गरेको छ ।
हरेक वडामा पुगेर कार्यपालिका बैठक त्यस ठाउँका विकासको पूर्वाधारको के–के जरुरी छ भन्ने अनुसन्धान गरिने नगरप्रमुख किसान गुरुङले जानकारी दिए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s