दमौली ,२० फागुन ।
म्याग्दे गाउँपालिकामा भूमि सम्बन्धी समस्या समाधान आयोगको लगत संकलन ईकाई कार्यलय स्थापना गरिएको छ ।
भूमि सम्बन्धि समस्या समाधान आयोगका केन्द्रीय सदस्य एवम् गण्डकी प्रदेश सदस्य एकबहादुर रानाले सो ईकाईको उद्घाटन गरेका हुन् ।
भूमि सम्बन्धि सबै समस्या समाधान गर्ने काम आयोगको पहिलो प्राथमिकतामा पर्ने रानाको भनाई थियो । भूमिहिन सम्बन्धि समस्या समाधान आयोग तनहुँका अध्यक्ष दधिराज सुवेदीले भूमिहिन व्यक्तिलाई जग्गा उपलब्ध गराइने तर हुकुमवासीलाई नदिइने बताए । पार्टी र जाती नहेरी आयोगले काम गर्ने उनले दाबी गरे ।
भूमिहिन सम्बन्धि समस्या समाधान आयोगका सदस्य शान्ति कुँवरले निष्पक्ष तरिकाले राजनीतिलाई टाढा राखि काम गर्ने बताईन् । विज्ञ सदस्य दीर्घबहादुर दरैले यस भन्दा अघि धेरै पटक आयोग गठन हुने काम नहुँदै विघटन हुने गरेकाले यस पटक वास्तविक सुकुम्बासीले जग्गा पाउने बताए ।
म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले गाउँपालिका भित्रका भूमिहिनहरूलाई भूमि दिलाउनको लागि निश्पक्ष तरिकाले तथ्यांक संकलन गरिने बताइन् । कार्यक्रममा म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरे, म्याग्दे प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारी, गाउँपालिका वडा नं. १ का अध्यक्ष शिवशरण वाग्ले र इन्द्रप्रसाद खनाल लगायतकाले वास्तविक भूमिहिनहरुले जग्गा पाउनुपर्ने बताएका थिए ।