मादी नदीको सदुपयोग गरौं

नेपाललाई जलस्रोतमा संसारमै दोस्रो धनी देशको रूपमा मानिन्छ । जलसम्पदाको धनी देश भएपनि यसको समुचित प्रयोग हुन नसक्दा हाम्रो देश विकासमा पछि परेको छ । नेपालमा असंख्य नदीनाला, ताल, कुण्ड, तलाउ आदि छन् । पानीको स्रोत प्रशस्त भएपनि जनता सबैमा पानीको पहुँच पु¥याउन नसकिएको लाजमर्दो अवस्था छ । डोकोमा गाग्री बोकेर हिड्नु पर्दा गृहिणीहरुको थाप्लोमा नाम्लोको डोब बसेको छ । जलस्रोतको सही व्यवस्थापन हुन नसक्दा पिउने पानीको अभाव, कृषि जलविद्युत, पर्यटन, मत्स्य उद्योग लगायतबाट जति फाईदा हुने हो त्यति हुन सकेको छैन । खेर गईरहेको जलसम्पदाको समुचित प्रयोगको कुरा नेताको भाषणमा मात्रै भएको छ तर व्यवहारमा जति हुनु पर्ने हो त्यो हुनु नसकेको तितो यर्थात हाम्रो सामु छ । बोलेको कुरा व्यवहारमा उर्तान नसक्दा अभैm पनि विश्वकै विपन्न मुलुकहरु मध्येको नागरिक बन्न विविश छौं । त्यसैले जलसम्पदाको सही प्रयोग गर्न चुक्नु हुँदैन । व्यास नगरपालिकाले मादी नदीको पानीलाई सदुपयोग गर्न चासो देखाएको छ । पर्यटन प्रवर्धन गर्ने उद्देश्यले मादी नदीमा ताल निर्माण कार्य अघि बढाएको छ । दमौली देखि शिशाघाटसम्म १८ किलो मिटर दुरीलाई समेटेर नदीलाई व्यवस्थित गरी नगरपालिकाले मादी नदी बहुउद्देश्यीय परियोजना अन्तर्गत गुरुयोजना निर्माणको काम समेत अघि बढाएको छ । बन्जीजम्पीङ, ¥याफ्टिङजस्ता मनोरञ्जनात्मक क्रियाकलाप सञ्चालन गरी आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरी मादी नदीबाट मनग्गे आय आर्जन गर्न सकिन्छ । मादी नदीको तालले प्राकृतिक सुन्दरता बढाउन मद्धत गर्दछ । त्यसका अलवा पिउने पानी, सरसफाई, शितलता, सिंचाई, मस्त्य पालन, जल यातयात गरी अतिरिक्त आम्दानी पनि लिन सकिन्छ । साथै चलचरको संरक्षण र जैविक विविधताको रक्षा गर्न तालले मद्धत पुग्दछ ।

नगरप्रमुख वैकुण्ठ न्यौपाने लगायत निर्वाचित जनप्रतिनिधीले नगरवासीको आर्थिक जीवनस्तर उकास्न परियोजनालाई प्राथमिकता दिएर कार्य अघि बढाई रहेका छन् । उनीहरुको कार्यकालमा शुरुवात गर्ने चाहाना भएकोले अध्ययन चिन्तन कार्यको लागि राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. जगदिशचन्द्र पोख्रेलसँग बारम्बार सम्पर्क गरी सुझाव लिने काम समेत भएको पाईएको छ । काठमाडौँबाट १५० र पोखराबाट ५० किमी दूरीमा रहेको दमौलीस्थित मादी नदीमा १२ मिटर अग्लो बाँध बाँधेर कृत्रिम ताल सहितको संरचना निर्माणका लागि पहल कदमी गरेको छ । परियोजनाको मङ्गलबार दमौलीमा प्रस्तुतिकरण समेत दिईएको छ । नगरपालिकाको आन्तरिक आम्दानीबाट मात्रै यो कार्य सम्भव छैन । प्रदेश र सङ्घीय सरकारसँग सहकार्य गरी काम अघि बढाउन आवश्यक देखिएको छ । सदरमुकामा दमौली र यस आसपासका साथै वडा नम्बर, ३, ५, ६, ७ र १० वडा क्षेत्रका वासिन्दाको आयस्तर वृद्धिको लागि यो परियोजना कोशे ढुङ्गा सावित हुने हुँदा सबैले साथ र सहयोगको खाँचो रहेको छ ।


सेतीमादी सम्पादकीय

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s