विद्यालय स्तरीय तेस्रो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

सेतीमादी संवाददाता
दमौली, ३० माघ ।

    व्यास नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा तथा व्यास नगरपालिका–१ भादगाउँ स्थित निर्मल माध्यामिक विद्यालयको व्यवस्थापनमा अन्तर माध्यामिक विद्यालय स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।  

निर्मल माध्यामिक विद्यालयको खेलमैदानमा गरिएको प्रतियोगिताको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले उद्घाटन गरे । सो अवसरमा नगर प्रमुख न्यौपानेले खेललाई नगरपालिकाको अङ्गको रुपमा लिएको बताउँदै प्रत्येक वडामा खेलकुद मैदान बनाउने, सहिद दिवसमा व्यास अल्ट्रा म्याराथन प्रतियोगिता, अन्तराष्ट्रिय नारी दिवसमा खुला महिला दौड प्रतियोगिता सञ्चालन गरिएको जानकारी दिए । साथै उनले निर्मल माध्यामिक विद्यालयबाट एसएलसी पास गरेको स्मरण गर्दै गत वर्ष र यो वर्ष पनि प्रतियोगिातको व्यवस्थापनको जिम्मा लिएकोमा धन्यवाद ज्ञापन गरे । लागू औषधको कुलतमा लाग्ने, समय अगावै विवाह गर्ने, समय पुग्ने बेला छुट्टिने, जस्ता कार्यहरु निमुर्ल पार्न विद्यालयले अहम् भूमिका खेल्नु पर्ने नगर प्रमुख न्यौपानेले बताए। उद्घाटन कार्यक्रममा प्रतियोगिता मुल समारोह समितिका संयोजक तथा व्यास गरपालिकाका शिक्षा तथा खेलकुद शाखाका प्रमुख नगेन्द्रप्रसाद रेग्मीको अध्यक्षतामा भएको थियो ।


कार्यक्रममा व्यास नगरपालिकाका वडा नम्बर १ का अध्यक्ष खरसिंह दरै, नेपाल शिक्षक महासङ्घका अध्यक्ष आरसी पोख्रेल, निर्मल माध्यामिक विद्यालयका प्रधानाध्यापक गणेशचन्द्र बस्नेत, शिक्षक लोकराज सेढाई लगायतले यस्ता प्रतियोगिताले विद्यार्थीमा खेल प्रति रुची जगाउन मद्धत पु¥याउने विश्वास व्यक्त गरेका थिए ।
उद्घाटनको अवसरमा गरिएको १५०० मिटर दौड प्रतियोगितामा छात्र तर्पm चण्डीदेवी राष्ट्रिय माध्यामिक विद्यालय व्यास १० बैरेनीका अभिषेक बोटे प्रथम हुनु भयो । १० नम्बर वडाकै दुम्सीचौर स्थित भानु माध्यामिक विद्यालयका संजय घर्ति द्धितीय र वडा नम्बर १ स्थित जलदेवी माध्यामिक विद्यालयका अगनसिंह थापा तृतिय भए । छात्रा तर्पm दमौली स्थित सत्यवती माध्यामिक विद्यालयमा अध्ययन गर्नेहरु प्रिर्था थापा प्रथम, बबिसरा राना द्धितीय र महेन्द्र माध्यामिक विद्यालयकी तारा थापा तृतिय भईन् ।


प्रतियोगितामा ३८ विद्यालयका ६०० जना खेलाडीको सहभागिता रहेको निर्मल माध्यामिक विद्यालयक शिक्षक विरेन्द्र काफ्लेले जानकारी दिए । विद्यार्थीहरुले विभिन्न खेलका गरी खेलाडीले २४८ वटा मेडल प्राप्त गर्ने छन् । प्रतियोगिता भलिबल, कराँते, कर्वदी, यथलेष्टिक लगायतका विद्यामा भईरहेको छ । प्रतियोगिता फागुन २ गते समाप्त हुने आयोजकले जनाएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s