मौरतीद्धारा विद्यार्थीलाई सहयोग

दमौली ,१४ माघ ।
नेपाली कांग्रेसका युवा नेता एवं महाधिवेशन प्रतिनिधि श्यामकुमार मौरतीले एक जना विद्यार्थीको सम्पूर्ण पढाइ खर्च ब्यहोर्ने घोषणा गरेका छन् ।
मंगलबार व्यास नगरपालिकाको वडा न १२ सिमलश्वाँरामा अवस्थित अमरज्योति माध्यमिक विद्यालयमा आयोजित एक कार्यक्रममा सो कुरा बताएका हुन् ।
विवेकशिल युवा समाज गैंडाकोटद्वारा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि रहेका युवा नेता मौरतीले सो कुरा बताएका हुन् ।


कार्यक्रमका प्रमुख अतिथि तथा कांग्रेसका युवा नेता मौरतीले
सो विद्यालयमा आयोजित शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रममा उक्त विद्यालयमा अध्ययनरत एक जना विद्यार्थीको कक्षा १ देखि १० सम्मको पठनपाठन गर्दा लाग्ने सम्पूर्ण रकम आफुले व्यहोर्ने घोषणा गरेका हुन् ।
सो कार्यक्रममा बोल्दै उनले विद्यालयमा अध्ययनरत एक जना गरिब तथा जेहेन्दार विद्यार्थीको कक्षा १० सम्मको पठनपाठनको जिम्मा लिने बताएका हुन् । कार्यक्रममा बोल्दै युवा नेता श्यामकुमार मौरतीले व्यक्तिगत जीवनमा शिक्षाको महत्वपूर्ण अनिवार्य भएकाले पनि विशेष ध्यान पु¥याउनुपर्ने बताए । उनले आफ्ना बालबालिकाको शिक्षामा अभिभावक को विशेष ध्यान रहनुपर्ने पनि बताए ।
कार्यक्रमको सभपतित्व विद्यालयका प्रधानाध्यापक रामजी तिमिल्सिनाको सभापततित्वमा भएको थियो । कार्यक्रममा उक्त विद्यालयमा अध्ययनरत कक्षा १ देखी ५ सम्मका विद्यार्थीहरुलाई कापी तथा कलम वितरण गरिएको थियो । कार्यक्रममा सोही विद्यालयका सहायक प्रधानाध्यापक बिनोद भट्टराईले स्वागत मन्तव्य राखेका थिए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s