
दमौली ,१४ माघ ।
तनहुँमा कोरोनाको खोप भित्रिएको छ । जिल्ला स्वास्थ्य कार्यालय तनहुँले दिएको जानकारी अनुसार तनहुँमा १ हजार ९ सय ९० डोज खोप भित्रिएको छ ।
जिल्लामा भित्रिएको खोप प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकर बाबु अधिकारीलाई हस्तान्तरण गरेका थिए । स्वास्थ्य कार्यालयका प्रमुख अधिकारीका अनुसार जिल्लामा भित्रिएको खोप माघ १९ गतेबाट लगाउने कार्यक्रम रहेको छ भने पहिलो चरणमा अंग्रपंक्तिमा खटिनेहरुलाई लगाईने छ ।