सेतीमादी संवाददाता
दमौली, १४ माघ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले अदालतको निर्णयलाई स्वीकार गर्दै काग्रेस अगाडि बढ्ने बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदम असंवैधानिक हो ।यो विषयमा अदालतमा वहस जारी छ ,अदालतलले जे निर्णय गर्छ काग्रेस त्यो निर्णयलाई स्वीकार गर्दै अगाडि बढ्छ । पूर्वमन्त्री भण्डारीले भने । प्रधानमन्त्री ओलीको असंवैधानिक कदमका विरुद्धमा कांग्रेसले विरोधका कार्यक्रमलाई निरन्तरता दिई रहेको समेत पूर्वमन्त्री भण्डारीको भनाई छ ।पूर्वमन्त्री भण्डारीले सो कुरा आँबुखैरेनी गाउँपालिका वडा नं १ को वडा कार्यालय भवन उद्घाटन समारोहमा बताएका हुन् ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई नेपाली जनताले पाँच बर्ष सरकार सञ्चालन गर्नका लागि दुई तिहाई दिएको भएपनि आन्तरिक किचलो कारण कम्युनिष्टहरुले सरकार सञ्चालन गर्न नसकेको भण्डारीको भनाई थियो ।

सनातन हिन्दु धर्म नेपाल र नेपालीको पहिचान भएको हुँदा सनातन हिन्दु धर्म संस्कृतिलाई जोगाउनु पर्नेमा समेत के.स. भण्डारीले जोड दिएका थिए ।त्यस्तै देश निर्माणका लागि राष्ट्रिय भाव, अडान र चिन्तन आवश्यक पर्ने हुँदा सबैमा यि तिन विषयहरु हुनुपर्ने भण्डारकिो भनाई थियो । आँबुखैरेनी गण्डकी प्रदेशको प्रवेशद्धार भएको हुँदा गण्डकी प्रदेशमा नै आँबुखैरेनीको विशेष महत्व रहेको भण्डारीको भनाई थियो । आँबखैरैनी शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र भौतिक निर्माणका लागि आफूले विगतमा पनि भूमिका निर्वाह गरेको र अहिले पनि जारी राखेको भण्डारीको भनाई थियो ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्ति रमण वाग्लेले आँबुखैरेनी गाउँपालिका तनहुँ जिल्लाकै उत्कृष्ट गाउँपालिका बन्दै गईरहेको बताएका थिए । विकास निर्माण लगायत अन्य क्षेत्रमा आँबुखैरेनी गाउँपालिकाले गरेका कार्यहरु निकै उदाहरणीय रहेको समेत समन्वय प्रमुख वाग्लेको भनाई थियो । आँबुखैरेनीको विकास निर्माणको विषयमा संघीय र प्रदेश सरकारको तर्फबाट जुन हिसाबले दृष्टि पुग्नु पर्ने हो त्यसमा दृष्टि पुग्न नसकेको वाग्लेको भनाई थियो । त्यस्तै कार्यक्रममा गाउँपालिका अध्यक्ष गिरबहादुर थापाले समृद्ध आँबुखैरेनी गाउँपालिका निर्माणको अभियान निर्वाचित जनप्रतिनिधी सक्रिय रुपमा लागि परेको बताएका थिए । गाउँपालिका भित्र सडक ,खानेपानी ,फोहोर मैला व्यवस्थापनको कार्यमा विशेष ध्यान दिईएको समेत थापाको भनाई थियो ।त्यस्तै रंगशाला निर्माण लगायत अन्य विकास निर्माणका विषयमा समेत विशेष ध्यान दिईएको थापाको भनाई थियो ।

वडा अध्यक्ष किसन थापाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य रामचन्द्र अधिकारी, गाउँपालिका उपाध्यक्ष पुष्पादेवी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद पोखरेल, नेकपाका प्रतिनिधी खगराज गौली, नेपाली कांग्रेस आँबुखैरेनीका कार्यवाहक सभापति केशव नाथ खनाल, नेपाल पत्रकार महासंघ तनहुँका पूर्व अध्यक्ष डम्बर अधिकारी लगायतले बोलेका थिए ।