
दमौली ,१२ माघ ।
संस्कृत शिक्षा ति हिन्दुका अतिरिक्त अन्य धर्मालम्बीका विद्यार्थी हरुले पनि रुची राख्न थालेका छन् ।
तनहुँको सदरमुकाम दमौली स्थित महर्षीवेदव्यास संस्कृत माध्यामिक विद्यालयमा मुस्लिम, बौद र इसाई धर्मालम्बीका विद्यार्थीहरु अध्ययनको लागि विद्यालयमा आउने गरेका छन् । विद्यालयमा मुस्लिम समुदायका ३५ जना विद्यार्थी सस्कृत पढ्दै आईरहेको विद्यालयका प्रधानाध्यापक तोयानाथ निरौलाले बताए । मुस्लिमका अतिरिक्त बुद्ध तथा इसाई धर्मालम्बी विद्यार्थीहरुको संख्या बढ्दै उनले जानकारी दिए ।
विद्यालयका अनुसार विद्यालयमा २ सय ८१ जना विद्यार्थी रहेका छन् । ९५ प्रतिशत दलित तथा जनजाती विद्यार्थी अध्ययन गर्ने गरेको प्रधानाध्यापक निरौलाले बताए । ‘‘सस्कृत शिक्षा अध्ययन गर्नेले बेरोजगार बन्नु पर्दैन प्रधानाध्यापक निरौलाले भने, उच्च शिक्षाका शिक्षामा जुनसुकै क्षेत्रका प्रवेश गर्न पाईने, कर्मकाण्ड, पुराण वाचन तथा शिक्षण जस्ता क्षेत्रमा पर्याप्त अवसरमा पाइन्छ’’।
यस विद्यालयमा संस्कृतको भाषा, व्याकरण, कर्मकाण्ड र आयुर्वेद विषयमा पढाई हुन्छ । सस्कृत शिक्षाको महत्व समाजले बुभ्mदै आएकोले हिन्दुका अतिरिक्त अन्य धर्मालम्बीहरुको सस्कृत शिक्षाको अध्ययन गर्नेको संख्या बढ्दै गईरहेको पूर्व प्रधानाध्यापक माधव खनाल बताउँछन् । कक्षा १० मा अध्ययन गर्ने रुक्सान खातुन सानै देखि संस्कृत पढ्ने रुची भएकोले राम्रोसँग संस्कृत शिक्षा अध्ययनको लागि बारा जिल्ला देखि आएर अध्ययन गरेको जानकारी दिइन् । भविष्यमा नर्स बन्ने सपना छ तर जीवनको लागि संस्कृत शिक्षा सिक्न पनि जरुरी छ भन्ने ठानेर पढेको हुँ’ रुक्सानले भनिन् । भविश्यमा सस्कृत पढाउने शिक्षक बन्ने सपना भएकोले सस्कृत पढेको कक्षा १० मै पढ्ने मुस्लिम समुदायका नाजिर मियाँ बताउँछन् । कक्षा ९ मा पढ्ने रुस्तम मिया संस्कृत प्राचिन भाषा भएको र जीवन उपयोगी भएकोले संरक्षण गर्नुपर्छ भनेर अध्ययन गरेको बताए । विद्यालयमा गुरुकुल अन्तर्गत संस्कृतिक शिक्षा सिक्नको अतिरिक्त निशुल्क आवस, खाना र खाजाको व्यवस्था भएकोले न्यून आर्थिक अवस्थ भएका अभिभावका विद्यार्थीहरु अध्यनको लागि आउने गरेको सहायक प्रधानाध्यापक विष्णुहरी भट्टराईले जानकारी दिए ।
संस्कृत शिक्षा राम्रो भएकोले विकसित देशले सिको गर्न थालेकोले सिक्न जरुरी भन्ने बुभ्mनेहरु बढ्दै गएकोले विद्यार्थीहरु रुची पूर्वक अध्ययन गर्न थालेको शिक्षक नरेन्द्र न्यौपानेले जानकारी दिए। लमजुङको सुन्दरबजार नगरपालिका–२ का कक्षा १२ छात्र राजन मिश्र धर्मिक कार्यमा बाचन तथा सस्कृत तथा नेपाली विषय पठाउने चाहाना भएकोले अध्ययन गर्न आएको बताए । व्यास नगरपालिका–५ पाटनका विष्णु थापा मगर सस्कृत भाषा र व्याकरणको ज्ञान लिन चाहाना भएको अध्ययन गर्न आएको बताए । ‘लाहुरे बन्न भन्दा पनि संस्कृतको शिक्षा हासिल गरेर शिक्षक बन्ने चाहाना छ ’ थापाले बताए ।