
दमौली ,१२ माघ ।
तनहुँको थर्पु घर भई हाल बेल्जियममा बस्दै आएका एक दम्पतीले व्यास–५ स्थित वेदव्यास जेष्ठ नागरिक आश्रममा एक लाख रुपैयाँ सहयोग गरेका छन् ।
वेदव्यास जेष्ठ नागरिक आश्रममा सहयोग गर्नेमा बेल्जियममा बस्दै आएका पदम गुरुङ र उनकी श्रीमती मिरा गुरुङ रहेका छन् । गुरुङ दम्पतीले उक्त सहयोग आइतबार आश्रमकी अध्यक्ष सावित्री श्रेष्ठलाई हस्तान्तरण गरेका थिए । महिलाहरु द्धारा सञ्चालित आश्रममलाई सहयोग गर्न पाउँदा आफूहरुलाई निकै खुसी लागेको गुरुङ दम्पतीको भनाई थियो ।
संस्थालाई सहयोग पुर्याएकोमा संस्थाकी अध्यक्ष श्रेष्ठले धन्यवाद दिएकी थिइन् । यस किसिमको सहयोगले आफूहरुलाई काम गर्न प्रेरणा जागेको समेत अध्यक्ष श्रेष्ठले बताएकी थिइन् । सहयोग हस्तान्तरण कार्यक्रममा तनहुँ उद्योग वाणिज्य संघका महासचिव इमकुमार मल्ल लगायत अन्य व्यक्तिहरुको समेत उपस्थिती रहेको थियो ।