पाठेघरको मुखको क्यान्सरबाट जोगिने उपायको बारेमा ध्यान दिने कि

पाठेघरको मुखको क्यान्सर पछिल्लो समय निकै विकराल रुप लिई रहेको छ । बर्षेनी लाखौं महिलाहरु पाठेघरको मुखको क्यान्सरबाट पीडित भईरहेको अवस्था छ । विश्व स्वास्थ्य संगठनको तथ्याङकलाई आधार मान्ने हो भने ५० प्रतिशत महिलाको मृत्यु पाठेघरको क्यान्सरबाट हुन गरेको छ । नेपालको परिप्रेक्ष्यमा हेर्ने हो भने पाठेघरको मुखको क्यान्सरका बिरामी अन्य क्यान्सरका बिरामीको तुलनामा पहिलो नम्बरमा नै आउने गर्दछ । खासगरी विकसित मुलुकहरुमा पाठेघरको मुखको क्यान्सरको समस्या त्यति धेरै देखिदैन । तर नेपाल जस्तो अविकसित देशहरुमा भने पाठेघरकोे मुखको क्यान्सरको समस्या ज्वलन्त बन्दै गईरहेको छ । चिकित्सकहरुका अनुसार पाठेघरको मुखको क्यान्सर हुनुको मुख्य कारण भनेको भाइरस संक्रमण नै हो । यसका अलावा सानै उमेरमा यौन सम्बन्ध राख्नु, सेतो पानी बग्नु, धु्रमपान गर्नु, धेरै बच्चा जन्माउनु पनि थप कारणहरु हुन् । तसर्थ यि विषयहरुमा विशेष ध्यान दिनु जरुरी देखिन्छ । अन्यथा पाठेघरको क्यान्सरको समस्या दिन प्रति बढ्दै जाने निश्चित छ ।

यसैबीच पाठेघरको मुखको क्यान्सरको समस्याले विकराल रुप लिई रहेको अवस्थामा व्यास नगरपालिकाले नगरपालिका विभिन्न स्थानमा पाठेघरको मुखको क्यान्सरको निशुल्क स्वास्थ्य परीक्षण अभियान अगाडि बढाएको छ । यसक्रममा पछिल्लो पटक छाब्दीमा भएको १ सय ५८ पाठेघरको मुखको क्यान्सर भएका महिलाहरुको स्वास्थ्य परीक्षण गरिएको छ । यसअघि व्यास नगरपालिकाको वडा नं ७ मा पनि पाठेघरको मुखको क्यान्सर पीडित महिलाहरुको स्वास्थ्य परीक्षण गरिएको थियो । नगर क्षेत्र भित्र त पाठेघरको मुखको क्यान्सरबाट पीडित हुने महिलाहरुको अवस्था यति डर लाग्दो छ भने ग्रामीण भेगको अवस्था कस्तो होला ? त्यो निकै सोचनीय देखिन्छ । त्यसैले यस विषयमा राज्यको विशेष ध्यान पुग्नु जरुरी देखिन्छ ।


सेतीमादी सम्पादकीय

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s