तनहुँमा इट्टा उद्योग सञ्चालनको लागि निर्देशिका अनुमोदन

दमौली ,११ माघ ।
कोरोना भाईरसको सङ्क्रमणबाट सुरक्षित हुनको लागि तनहुँमा इट्टा उद्योग सञ्चालन निर्देशिका तयार पारिएको छ ।
कोभिड–१९ को रोकथाम नभईसकेकोले संक्रमण न्यूनिकरणको लागि निर्देशिका तयार पारिएको हो । तयार पारिएको निर्देशिकाको शुक्रबार दमौलीमा सरोकारवालाबीच छलफल गरी सञ्चारकर्मीको उपस्थितीमा अनुमोदन गरिएको छ ।


अनुमोदनमा इट्टा उद्योग सङ्घ, म्याग्दे गाउँपालिका, व्यास नगरपालिका, ग्लोबल फेयेरनेश इनिसिएथिभ, एकिकृत हरित विकास नेपाल, बेटर ब्रिक असल इट्टा उत्पादक नेपाल कार्यक्रमले संयुक्त सहभागीतामा रहेको छ । म्याग्दे गाउँपालिकाकी अध्यक्ष मायादेवी राना र इट्टा उद्योग संघ तनहुँका अध्यक्ष केदारनाथ घिमिरेले संयुक्त रुपमा अनुमोदन गरे । अनुमोदन कार्यक्रमकी प्रमुख अतिथि गाउँपालिकाकी अध्यक्ष रानाले महामारीको समयमा मात्रै नभई अन्य समयमा पनि सुरक्षाको मापदण्डरु पालना गर्दा सरुवा रोगबाट बच्न मद्धत पुग्ने बताए ।


निर्देशिका अनुमोदन हुन भन्दा पनि नेपाल सरकारले निर्देशित गरेका स्वास्थ्य मापदण्ड पालना गरि सञ्चालन भईरहेको र भविष्यमा थप जिम्मेवारी भई पूर्ण रुपमा कार्यान्यन गराउन अनुमोदन कार्यक्रम राखिएको एकीकृत हरित विकास नेपाल उपाध्यक्ष रामदत्त पौडेलले जानकारी दिए । कोभिडजन्य परिस्थितीमा इट्टा उद्योग सञ्चालन गर्नुपर्ने आवश्यकता र संयन्त्र विकासको लागि सहयोग पु¥याउने हेतुले निर्देशिका तयार पारिएको साझीदारी सस्था ग्लोबल फेयरनेस इनिसिएटिभका निर्देशक सुरेश पण्डितले जानकारी दिए । ‘‘मनोवैज्ञानिक त्रास कम हुँदै गएपनि विश्वमा नयाँ कोरोना समेत देखिएको रोकथाम भईसकेको छैन, निर्देशक पण्डितले भने सुरक्षाको उपायहरु अवलम्बन गरेर हरेक उद्योग सञ्चालनमा ल्याउनु पर्छ भन्ने सन्देश दिन अनुमोदन कार्यक्रम राखिएको हो ।


अनुमोदन कार्यक्रममा क्षेत्रिय संयोजक सुदीप सेढाईलेले सरक्षाको मापदण्डमा मास्क, साबुन, पानी, सामाजिक दुरी कायम अनिवार्य गर्नु पर्ने प्रावधान राखिएको जानकारी दिए । कार्यक्रममा व्यास नगरपालिका–११ का वडा अध्यक्ष निरबहादुर खड्का, नेपाल पत्रकार महासङ्घ तनहुँका अध्यक्ष ओमकार आचार्य अनुमोदित कुरालाई व्यवहारमा उर्तान आग्रह गरेका थिए । कार्यक्रमको सहजीकरण श्रीकृष्ण आचार्यले जानकारी दिए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s