
दमौली ,८ माघ ।
योग दिवसको उपलक्ष्यमा दमौलीमा सञ्चालन गरिएको साताव्यापी योग प्रशिक्षणको बुधबार समापन गरिएको छ ।
राष्ट्रिय योग दिवस मूल समारोह समितिको मुख्य आयोजना र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजनामा योग दिवसको अवसरमा पारेर बिहीबारबाट दमौलीमा शुरु गरिएको प्रशिक्षण समापन गरिएको हो । समापन गर्दै प्रमुख जिल्ला अधिकारी सागर आचार्यले सकरात्मक सोचको अभिवृद्धि स्वास्थ्य जीवनको लागि योगको ठुलो महत्व भएकोले यस्ता प्रशिक्षण सधैं नै निरन्तरता दिनुपर्ने र त्यसको लागि वातावरण बनाउने बताए ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका अध्यक्ष देवीबहादुर बस्नेत जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँका कार्यालय प्रमुख डा. रामप्रवोध मण्डल, पतञ्जली योग केन्द्रका गण्डकी प्रदेशका सदस्य द्धारिका श्रेष्ठ, नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष ओमकार आचार्य लगायतले योग शिक्षा मानव जीवनको लागि अपरिहार्य भएपनि चेतनाको कमीले विस्तार हुन नसेकोमा चिन्ता व्यक्त गरेका थिए । यस्ता प्रक्षिणले जनचेतना अभिवृद्धि गर्न मद्धत पुग्ने वक्ताहरुले बताएका थिए ।
‘योग गरौं, डटेर, कोभिड जान्छ हटेर’ भन्ने मूल नाराका साथ प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको थियो । साताव्यापी कार्यक्रमको समापन गरिए पनि विहान जिल्ला आयूर्वेद स्वास्थ्य केन्द्र योग प्रशिक्षण सञ्चालन कार्यक्रममा जानकारी दिईएको थियो ।