शिशाघाट क्षेत्रमा नयाँ सहर बनाउने नगरपालिकाको अवधारणा

दमौली ,८ माघ ।
व्यास नगरपालिकाको कार्य पालिकाको बैठक बुधबार सम्पन्न भएको छ ।
नगर प्रमुख वैकुण्ठ न्यौपानको अध्यक्षतमा बसेको बैठकले आठ वटा महत्वपूर्ण निर्णयहरु गरेको छ । नगरपालिकाका शाखा अधिकृत एवं कर्मचारी तर्फका प्रवक्ता मेघनाथ आचार्यद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिए अनुसार कार्यपालिकाबाट माघ २७ गते हुने चौंथो नगर सभामा आर्थिक ऐन २०७७ र विनियोजन ऐन २०७७ को शंसोधन प्रस्ताव तयार गरी पेश गर्न स्थानीय राजश्व परामर्श समितिलाई निर्देशन दिने निर्णय भएको छ ।
त्यस्तै बैठकले ‘‘चौथो व्यास नगर अल्ट्रा म्याराथन’’ प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुनेलाई क्रमशः कर बाहेक ८५ हजार ७७, ६५ हजार ७७, र ५५ हजार ७७ रुपैयाँ नगद, शिल्ड र प्रमाणपत्र प्रदान गरिने नगरपालिकाले जनाएको छ । त्यसैगरी सान्त्वना हुने पाँच जनालाई १६ हजार ७७ रुपैयाँ प्रदान गर्ने निर्णय कार्यपालिकाले गरेको छ ।


मादी नदीको प्राकृतिक साधन उपयोग कर असुलीको लागि कार्यालयले खोलेका विभिन्न घाटहरुमा हुने कर असुली प्रक्रियालाई थप पारदर्शी र कडाई गर्ने निर्णय कार्यपालिकाले गरेको छ । विधान समितिलाई विभिन्न ऐनहरुको मस्यौदा तयार पार्न निर्देशन दिएको छ । त्यस्तै बाल अधिकारको संरक्षण र सम्बद्धन सम्बन्धि कार्य सञ्चालन कार्यविधि २०७७ पारित गर्ने निर्णय समेत गरिएको छ ।
नगरपालिकाको पारस्परिक कोष समेत नगर विकास कोषको अनुदान सहयोगमा वडा नम्बर ६ को शिशाघाट क्षेत्रमा ‘शिशाघाट नयाँ सहर अवधारणा अवधारणा आयोजना’ प्रस्ताव तयार गरी नगर विकास कोषमा स्वीकृतिको लागि पठाउने निर्णय भएको छ । कार्यलय परिसरको उत्तर तर्पm भवन निर्माणको लागि कोषमा प्रस्ताव गर्ने लगायतको निर्णय भएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s