कम्युनिष्टसँग देश सञ्चालन गर्ने सार्मथ्य छैन–के.स. भण्डारी

सेतीमादी संवाददाता
दमौली, ०८ माघ ।


नेपाली कांग्रेस तनहुँले पार्टीको केन्द्रीय निर्देशन अनुसार बिहिबार तनहुँका ८५ वटै वडामा विरोध सभा आयोजना गरयो ।


विरोध सभालाई कांग्रेसका केन्द्रीय नेता तथा जिल्ला स्तरीय नेताहरुले सम्बोधन गरेका थिए । यसैबीच वडा नं १ मा आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री शंकर भण्डारीले कम्युनिष्टसँग देश सञ्चालन गर्ने सार्मथ्य नभएको बताएका थिए । ‘झुटको खेती गरेर सत्तामा पुग्ने, टिकिरहन जुनसुकै हर्कत गर्ने उनीहरुको सपना हो, भण्डारीले भने कम्युनिष्टसँग लोभ र लालचा मात्रै छ देश कुशलता पूर्वक हाक्न सक्दैनन् ।”

देश र जनताको माया भन्दा पनि सत्ताको लागि लुछाचुँडी गरेकोले प्रतिनिधी सभा विघटन गर्ने दुर्घटना भएको उनले बताए । ‘नौटंकी र नाटक कम्युनिष्टहरुले धेरै नगरुन अब जनताले बुझिसके’ भण्डारीले भने । कम्युनिष्टहरु जनतालाई सपनामै बहकाउन सफल भएको उनको भनाई छ । ‘सत्य कुरा के हो भने कम्युनिष्ट पार्टीलाई इतिहास देखि हेर्दा न यिनलाई देशको चिन्ता छ, न त जनता प्रति जिम्मेवार छन्’ भण्डारीले भने । कम्युनिष्टसँग सम्भता र सस्कृति पनि नभएको उनले बताए । तुच्छ शब्द बोलेर एउटाले जोकर अर्कोले हास्य कलाकार, भनेर खिल्टी उठाएका छन् मर्यादित शब्दको प्रयोग गर्न पनि उनिहरु जान्दैनन् । यस्ता खराब सस्कृतिले गर्दा चिन्ता प्रकट भईरहेको उनको भनाई थियो । ‘एक– अर्काले सके जती जाने जति गाली गरेर बर्बाद गर्ने काम गरेका छन्’ भण्डारीले भने ।


अदालतबाट विघटित प्रतिनिधी सभाको सभाको पुर्नस्थापना तथा विघटन जेमा निर्णय आउँछ राजनैतिक दलले स्वीकार्नु पर्ने उनले बताए । ‘‘भ्रममा नपारौं अदालतले गर्ने पैmसला काँग्रेसलाई स्वीकार्य छ, पैmसला अनुसार निर्वाचनमा जानु परे काँग्रेस तयार छ निर्वाचन देखि डराउने कुरा हुँदैन’’ भण्डारीले भने । निर्वाचनमा जानु पर्ने अवस्था आएमा तोकेकै समयमा निर्वाचन गर्न काँग्रेसले नेतृत्वदायी भूमिका खेल्नुपर्ने उनले बताए । संसद पुर्नस्थापना नहुने र निर्वाचन पनि नहुने अवस्था रही रहन मुलुक सक्दैन उल्लेख गर्दै भण्डारीले त्यसको नेतृत्व गर्ने सामर्थ र हैसियत काँग्रेसमा रहेको उनको भनाई । समस्याको समाधान र देशलाई निकास दिने काँग्रेस भएकोले जनलहर काँग्रेसको पक्ष आईरहेको उनको भनाई छ । राष्ट्रिय सभाका सदस्य प्रकाश पन्थले कम्युनिष्टहरु बाँदर भएको संज्ञा दिए । ‘बाँदरलाई मकैबारी हेर्ने जिम्मा दिए के हुन्छ सत्यानास पार्ने काम हुन्छ’ सांसद पन्थले भने । साथै उनले राष्ट्रिय सभा, प्रदेश सभा पनि विघटन गरेर सबै अधिकार लिने अधिनायकबादी सोचले प्रधानमन्त्री अघि बढेकोले आन्दोलनमा उत्रिनु पर्ने बताए । वडा सभापति मणिजंग बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर २ का वडा अध्यक्ष तथा कार्यक्रम संयोजक काशीराम श्रेष्ठ, जिल्ला सदस्य एवं वडा नम्बर १ का वडा अध्यक्ष खरसिंह दरै, नेका व्यास नगरका प्रवक्ता डम्बरबहादुर अधिकारी, नेपाल टे«ड युनियन काँग्रेसका सभापति सुर्यचन्द्र हड्खले, नेविसंघका पूर्व सहमहामन्त्री लक्ष्मीभक्त खनाल, काँग्रेसका स्थानीय नेताहरु ल्या. देवबहादुर गुरुङ, प्रकाश सुनार, चिजबहादुर दरै, कृष्णराज खनाल, सुनिल मिश्र, गंगामाया गुरुङ, इन्द्रिरा दरै, हरि खनाल, दिलबहादुर दरै लगायतले गुट तथा उपगुटमा नलागी एक ढिक्का भएर हिडेर पार्टी बलियो बनाउनु पर्ने बताए ।


त्यस्तै व्यास ११ मा आयोजित विरोध सभालाई कांग्रेसका अर्का केन्द्रीय सदस्य गोविन्द भट्राईले सम्बोधन गरेका थिए । विरोध सभालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य भट्राईले केपी ओली नेतृत्वको वर्तमान सरकार संवैधानिक कू गरेको र संवैधानिक कू को विरुद्धमा कांग्रेस देशव्यापी रुपमा आन्दोलन जारी राखेको बताएका थिए । प्रधानमन्त्रीको कदम मुलुक र मुलुकबासीको अहितमा रहेको समेत के.स.भट्राईको भनाई थियो । त्यसैगरी काग्रेसका आमन्त्रित केन्द्रीय सदस्य धु्रव व्यास ६ मा आयोजित विरोध सभालाई सम्बोधन गरेका थिए । त्यस्तै पार्टी सभापति बैकुण्ठ न्यौपानेले भानु १, व्यास–८ मा जिल्ला सचिव विश्व वास्तोला, व्यास–७ मा तरुण नेता पूर्णबहादुर गुरुङ, पूर्व पार्टी सभापति रघुनाथ पौडेल वडा नं २ मा, वडा नं ३ मा नगर कमिटिका पूर्व सभापति रामचन्द्र बस्नेतले सम्बोधन गरेका थिए । यसैगरी पार्टीका अन्य नेताहरुले जिल्लाका विभिन्न स्थानमा आयोजित विरोध सभालाई सम्बोधन गरेका थिए ।


तनहुँ कांग्रेसद्धारा धन्यवाद ज्ञापन
यसैबीच तनहुँ काग्रेसले विरोध सभा सम्पन्न गर्न महत्वपूर्र्ण भूमिका निर्वाह गर्ने पार्टीका नेता तथा कार्यकर्तालाई धन्यवाद ज्ञापन गरेको छ । पार्टी सचिव विश्व वास्तोलाले एक विज्ञप्ती जारी धन्यवाद ज्ञापन गरेका हुन् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s