
दमौली , ७ माघ । नेपाली काग्रेस तनहुँले भोली हुने विरोध सभाको तयारी पुरा भएको तनहुँ कांग्रेसले जनाएको छ ।
तनहुँ कांग्रेसले केन्द्रको निर्देशन अनुसार देशव्यापी रुपमा वडा तहमा विरोध सभा आयोजना गर्दैछ । यसैबीच व्यास नगरपालिकाको १ नं वडा कार्य समितिले गल्बुवेसीमा आयोजना गर्न लागेको विरोध सभालाई कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सोही विषयलाई बुधबार नेपाली कांग्रेस १ नम्बर वडा कार्य समितिको बैठक सम्पन्न भएको छ । बैठकले विरोध सभालाई भव्य रुपमा सम्पन्न गर्ने निर्णय गरेको छ । बैठक वडा कार्य समितिका सभापति मणिजङग बस्नेतको सभापतित्वमा सम्पन्न भएको थियो ।