
दमौली , ७ माघ ।नेपाली काग्रेस तरुण विभागका प्रमुख शंकर भण्डारीले ६ वटा प्रदेशमा प्रदेश संयोजक तोकेका छन् ।
जसअनुसार प्रदेश नं १ को मदनबहादुर बुढाथोकी झापा, प्रदेश नं २ को रामपल्टन शाह धनुषा, वागमती प्रदेशको पदम नारायण तिमिल्सेना ललितपुर ,गण्डकी प्रदेशको पूर्णबहादुर गुरुङ तनहुँ,लुम्बिनी प्रदेशको नन्दबहादुर विष्ट ,रुकुम पूर्व र कर्णाली प्रदेशको राजेश शाही दैलेखले प्रदेश संयोजकको जिम्मेवारी पाएका छन् ।
केन्द्र र प्रदेशबीच समन्वयकारी भूमिका निर्वाह गर्नका लागि प्रदेश संयोजक तोकिएको केन्द्रीय सदस्य भण्डारीले बताएका छन् ।