खेलको माध्यमबाट पर्यटन प्रवद्र्धन

पर्यटन नेपालको प्रमुख आम्दानीको स्रोत हो । बर्षेनी हजारौंको संख्यामा विदेशी पर्यटकहरु नेपाल घुम्न आउने गर्दछ । विदेशी पर्यटकहरु नेपाल घुम्न आउँदै गर्दा नेपालको अर्थतन्त्रमा निकै टेवा पुग्दै आईरहेको छ । पर्यटन भनेपछि खासगरी घुम्नका लागि मात्र आउने भन्ने हामीको सबैको बुझाई छ । त्यो एक हिसाबले सहि पनि हो ।तर घुम्न आउने माध्यम मात्र पर्यटन प्रवद्र्धनको प्रमुख आधार नभई विभिन्न किसिमको खेलकुदको माध्यमलाई पनि पर्यटन प्रवद्र्धन गर्ने माध्यमको रुपमा लिन सकिन्छ । जसको ज्वलन्त उदाहरणका देशका विभिन्न भागमा हुने खेलकुद प्रतियोगिताहरुलाई लिन सकिन्छ । खेलकुद प्रतियोगिता आयोजना हुँदै गर्दा एकातिर खेलाडीहरु आफ्नो प्रतिभा प्रस्फुटन गर्ने अवसर प्राप्त गरेका हुन्छन् भने अर्कोतर्फ खेलकुद प्रतियोगिता आयोजना गरिएको स्थलहरु पर्यटकीय गन्तव्यको रुपमा विकास हुन थालेका छन् । जसको ज्वलन्त उदाहरणको रुपमा व्यास नगरपालिका वडा नं ५ मानहुँकोटलाई लिन सकिन्छ । जहाँबाट व्यास नगर अल्ट्रा म्यारथन दौड प्रतियोगिता आयोजना गरिएको थियो । हालसम्म आइपुग्दा म्यारथन दौडको चौथो श्रृङखला यहि माघ १६ गते आयोजना गरिदै छ ।

व्यास नगर अल्ट्रा म्यारथन दौड प्रतियोगिता आयोजना हुनु अगाडि मानहुँकोटको अवस्था हेर्ने हो भने खासै प्रचार प्रसार हुन सकिराखेको थिएन । तर प्रतियोगिता आयोजनाको श्रृङखलाले निरन्तरता पाउँदै गर्दा मानहुँकोटमा पर्यटककको ओईरो लाग्न थालेको छ । यहाँसम्मकि हिजो आज त दैनिक एक डेढ सयको हाराहारीमा आन्तरिक पर्यटकहरु आउने क्रम जारी रहेको छ । पछिल्लो समयमा हेर्ने हो भने मानहुँकोट मुलुकको प्रमुख पर्यटकीय गन्तव्य भित्र पर्न थालेको छ । मानहुँकोट त एक उदाहरण मात्र हो । देशका अन्य थुप्रै स्थानहरु खेलको माध्यमबाट पर्यटकीय गन्तव्यको रुपमा विकास हुन थालेका छन् । कोरोनाका कारण मुलुकको अर्थतन्त्र धराशयी भएको अवस्थामा खेलको माध्यमबाट भएपनि पर्यटन प्रवद्र्धन गर्नु अत्यन्त सकारात्मक विषय हो । तसर्थ यसलाई निरन्तरता दिने विषयमा सरोकारवालाहरुको ध्यान पुग्नु पर्दछ ।


सेतीमादी सम्पादकीय

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s