छात्राहरुलाई सुविधा

तनहुँको सदरमुकाम दमौली स्थित आदिकवि भानुभक्त क्याम्पस परिसरमा सञ्चालित सहिद चन्द्र नेपाली छात्रावास क्याम्पसमा अध्ययनरत छात्राहरुका लागि वरदान नै सावित हुन पुगेको छ । खासगरी छात्रावासमा बसेर छिमेकी जिल्ला र तनहुँकै दुर्गम भेगबाट आएका छात्राहरुले सहज रुपमा उच्च शिक्षा हासिल गर्ने अवसर प्राप्त भएसगै छात्रावास छात्राहरुका लागि वरदान सावित हुन पुगेको हो । सामान्यतय उच्च शिक्षाका लागि आएका विद्यार्थीहरु बाहिर बसेर अध्ययन गर्दा कम्तीमा पनि मासिक १० हजारको हाराहारीमा खर्च हुने गर्दछ । तर छात्रावासमा बसेर अध्ययन गर्ने छात्राहरु ४ हजार रुपैयाँको हाराहारीमा खर्च गरेर अध्ययन गर्ने अवसर पाएका छन् । त्यसमा पनि आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुको शैक्षिक लगायत अन्य सुविधामा क्याम्पस विशेष ध्यान दिईरहेको छ । छात्रावासको बसाई छात्राहरुको लागि सस्तो मात्र नभई सुरक्षित समेत रहेको छ ।

आर्थिक तथा सुरक्षाका हिसाबले समेत छात्रावासको बसाई सुरक्षित हुँदै जान थालेपछि छात्रावास प्रति छात्राहरुको आकर्षण बढ्दै जान थालेको छ । तर क्षमता अभावका कारण ३० जना भन्दा बढी छात्रावासमा बस्ने अवस्था रहेको छैन । छात्रावास प्रतिको आकर्षण हेर्ने हो भने छात्रावासको भौतिक पूर्वाधार लगायत अन्य विषयहरु अझै स्तरोन्नोति गर्नुपर्ने देखिन्छ । तसर्थ यस विषयमा सरोकारवाला निकायहरुको खासै ध्यान पुग्न सकिराखेको छैन । छात्रावासको स्तरोन्नोतिका लागि तीनै तहका सरकारले विशेष ध्यान दिनुपर्ने हो । तर जुन हिसाबले सहयोग हुनुपर्ने हो त्यो हुन सकिराखेको छैन । आगामी दिनमा अवश्य पनि सहयोग हुने छ ।


सेतीमादी सम्पादकीय

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s