व्यास नगरपालिकाद्धारा भूकम्पीय सचेतना सभाको आयोजना

दमौली ,४ माघ ।
व्यास नगरपालिकाद्धारा २३ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको उपलक्ष्यमा शुक्रबार भूकम्पीय सचेतना सभाको आयोजना गरिएको छ ।
सचेतना सभालाई सम्बोधन गर्दै नगरप्रमुख वैकुण्ठ न्यौपानलेले भूकम्पीय सुरक्षाको लागि नगर क्षेत्रका घर निर्माण गर्दा अनिवार्य रुपमा नक्सा पास गर्नु पर्ने नियम बनाईएको जानकारी दिए । भूकम्प जाने कारण, यसले गर्ने नोक्सान र बच्ने उपायबारे जानकारी दिन सभा गरिएको हो । इन्जिनियर रविन्द्रमुलले भूकम्पबाट हुने क्षति र बच्ने उपायका बारेमा जानकारी दिएका थिए ।


प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्ने अभियान सञ्चालन
यसैबीच भूकम्प सुरक्षा सम्बन्धि प्रतिबद्धताको लागि व्यास नगरपालिकाले हस्ताक्षर अभियान सञ्चालन गरेको छ ।
भूकम्पीय जोखिमबाट सुरक्षित हनुे उपायहरु सिक्नेछु, परिवारका सबै सदस्यहरुलाई सिकाउने छु, मैले बनाउने घर भूकम्प प्रतिरोधी बनाउँछु, मेरो अहिले भईरहेको घरलाई भूकम्पीय प्रवलीकरण गर्नेछु र मेरो समुदायमा भूकम्पीय जोखिम न्यूनीकरण सम्बन्धी जनचेतना अभिवृद्धिमा लाग्नेछु भनि प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ ।
प्रतिबद्धता पत्रमा शुक्रबार एक कार्यक्रमबीच नगर प्रमुख वैकुण्ठ न्यौपानेले हस्ताक्षर गरी शुरु गरेका थिए । सो अवसरमा नगर प्रमुख न्यौपानेले प्रतिबद्धतालाई व्यवहारमा ल्याउन नगरवासीलाई आग्रह गरे । प्रतिबद्धतापत्रलाई व्यास नगरपालिका को प्रवेशद्धारमा राखिएको छ ।


प्रशासन कार्यालयद्धारा विपद प्रतिकार्य योजना तयार भईरहेको जानकारी
२३ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालय तनहुँले भूकम्पीय सुरक्षा र विपतका कारणका बारे शुक्रबार प्रशिक्षण दिएको छ ।
बहुप्रकोपीय बिपदमा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा धनजनको रक्षा सम्बन्धमा प्रशिक्षण दिईएको हो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सागर आचार्यले नेपालमा भूकम्पीय जोखिम बढी भएकोले भूकम्पको सजकता जहिले पनि सोचिरहनु पर्ने बताए । भूकम्पीय सुरक्षाको लागि चार वटा तरिका अपनाईएको प्रजिअ आचार्यले जानकारी दिए । भूकम्प जान्छ ंंंंंंभन्ने कुरामा सचेत भएर पूर्वतयारी गर्ने तर्पm सोच्नु पर्ने बताए । कार्यक्रममा भूकम्पीय सुरक्षाको बारेमा इन्जिनियर मिरा श्रेष्ठले प्रशिक्षण दिएकी थिईन् । कार्यक्रममा निजी आवास अनुदानको प्रगतिको बारेमा जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) कार्यालयलका प्रमुख जयप्रकाश गुप्ताले जानकारी दिएका थिए । कार्यक्रमा नेपाल रेडक्रस सोसाईटी, विभिन्न सरकारी कार्यालयका प्रमुख, सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले गरेका थिए । कार्यक्रम कार्यालय विपत प्रतिकार्य योजनाको तयारी भईरहेको जानकारी दिईएको थियो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s