तनहुँका १० वटै स्थानीय तहमा कांग्रेसको विरोध प्रदर्शन

सेतीमादी संवाददाता
दमौली, ०३ माघ


प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको विरोध नेपाली काग्रेसले शनिबार देशव्यापी रुपमा विरोध प्रदर्शन आयोजना गर्यो ।


यसैक्रममा नेपाली कांग्रेसले तनहुँका १० वटै स्थानीय तहमा पनि विरोध प्रदर्शन कार्यक्रममा आयोजना गरयो । १० वटा स्थानीय तहमा आयोजना गरिएको विरोध प्रदर्शनलाई नेपाली कांग्रेसका केन्द्रीय नेता तथा जिल्ला नेताहरुले सम्बोधन गरेका थिए ।


दमौलीमा आयोजित विरोध सभालाई सम्वोधन गर्दै केन्द्रीय सदस्य गोविन्द भट्राईले नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले नेपाल कम्युनिष्ट पार्टीले पतनको बाटो रोजेको बताएका छन् । नेपाली कांग्रेस व्यास नगर समितिले शनिबार दमौलीमा गरेको विरोध सभालाई सम्बोधन गर्दै भट्टाराईले सो कुरा बताएका हुन् । ‘‘भ्रष्ट्राचार गर्दै गर्दैनौं, गर्न दिँदै दिदैंनौं, सहदैं सहदैनौं शून्य सहनशिलता अपनाउँछौं भने तर भ्रष्ट्राचार गरेर गुटको खेमामा जम्मा गर्ने काम भयो’’ भट्टराईले भने ।


वाईडबडी, बालुवाटार जग्गा लगायतका विभिन्न प्रकरण भएका भ्रष्ट्राचारहरु बाँडीचुडी खाएको भए झगडा हुँदैनथ्यो आफ्नो खेमामा जम्मा गर्ने काम भएकोले झगडा परेको भट्टराईको भनाई थियो । दुई तिहाई सरकार हुँदाँ पनि जनताको सेवा गर्न नलागेर जनतालाई ढाँटेर, थिचेर, पेलेर गएकोले कम्युनिष्टहरु पतनको बाटो रोजेको भट्टराईको भनाई थियो । ‘गुटको खातामा पैसा जम्मा गर्नु पर्ने, गुटको लागि नै पदमा नियुक्त गर्नु पर्ने, मन्त्री पनि आफ्नै खेमाको बनाउनु पर्ने तरिकाले ओली लागेको कम्युनिष्ट पार्टी संकटमा परेको भट्टराईको भनाई थियो । प्रतिनिधी विघटनलाई लिएर हाल वैधानिक वा अवैधानिक दुवै भन्न नमिल्ल्ने उनले बताए । ‘‘एकातिर सर्वोच्च अधिकार अदालतलाई दिएका छौं अर्को तिर प्रधानमन्त्रीलाई असंवैधानिक कायम भयो भनेका छौं भट्टराईले भने सर्वोच्चको पैmसला आउनु अगाडि नै यही हो भनेर भन्नु मिल्दैन’’ । ‘‘अदालतको पैmसला अगाडि नै भन्ने गरेमा न्यायिक सर्वोच्चतालाई मानेको हुँदैन’’ भट्टराईले भने । पैmसल अगाडी नै बोल्दा प्रधानमन्त्रीले जसरी संविधान मिचेको भनिएको छ त्यसरी नै हामीले पनि संविधान मिचेको देखिने भट्टराईको तर्क थियो ।
लोकतन्त्रको प्राण वायु चुनाव भएकोले कांग्रेस चुनाव देखि नभाग्ने भट्टराईको भनाई रहेको थियो । सबै दलले सर्वोच्चको निर्णय मान्छौं भनेको अवस्था भएकोले हतार गर्न नहुने उनको सुझाव थियो । निर्वाचन पनि नहुने र सदन पनि पुर्नस्थापना नहुने अवस्था आयो भने संवैधानिक सङ्कट आउने र त्यस समयमा भने आन्दोलनमा कार्यक्रममा ल्याउनु पर्ने भट्टराईको भनाई थियो । नेपाल कम्युुनिष्ट पाटी भित्रको अन्तर कलहले गर्दा सदन विघटनको दुर्घटना भएको भट्टाईले बताए । कार्यक्रममा पार्टी सचिव विश्व वास्तालाले नेपालको संविधानले अस्थिर सरकारको परिकल्पना नगरेकोले ओली सदन विघटन गरेर संविधान मर्म विपरित काम गरेको बताए । कार्यक्रम व्यास नगर सभापति शान्तिरमण वाग्लेको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा महासमितिकी सदस्य मिरा जोशी, महाधिवेशन प्रतिनिधी समुन्द्र गोदार, राष्ट्रिय सभा सदस्य प्रकाश पन्थ, गण्डकी प्रदेश सभा सदस्य सरीता गुरुङ, जिल्ला कमिटीका सदस्यहरु अशोककुमार श्रेष्ठ, पवित्रा पौडेल, नेविसंघका महामन्त्री दीपक भट्टराई, पूर्व सहमहामन्त्री लक्ष्मीभक्त खनाल, व्यास नगरका सचिव मोहनकुमार श्रेष्ठ, चुडामणी दाहाल, प्रवक्ता डम्बर बहादुर अधिकारी, दलित संघ नगर सभापति होम रसाईली, वडा नं.१ का सभापति मणिजंग बस्नेत, टोल सचिवहरुको तर्पmबाट सरोज भण्डारी लगायतले कम्युनिष्टहरु नियत नै तानाशाह भएकोले जनताले पराजित गरेर पतनतिर लैजानु जरुरी रहेको कुरामा जोड दिएका थिए ।


त्यस्तै भिमादको किहुँमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै पार्टीका आमन्त्रित केन्द्रीय सदस्य धु्रव वाग्लेले प्रधानमन्त्री केपी शर्मा ओलीको कदम प्रतिगामी कदम भएको हुँदा विरोधमा उत्रिनु परेको बताएका थिए । प्रधानमन्त्री नसच्चिएसम्म कांग्रेस निरन्तर आन्दोलनमा उत्रि रहने समेत आमन्त्रित केन्द्रीय सदस्य वाग्लेको भनाई थियो । किहुँमा आयोजित विरोध सभालाई पार्टीका सह—सचिव केशबहादुर सुनार, महाधिवेशन प्रतिनिधी मिलन आले लगायतले बोलेका थिए । यसैगरी भानुमा आयोजित विरोध सभालाई सभालाई सम्बोधन गर्दै नेपाली काग्रेस तनहुँका सभापति वैकुण्ठ न्यौपाले प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक कू गरेको हुँदा कांग्रेस आन्दोलनमा उत्रनुको विकल्प नभएको बताएका थिए । आन्दोलनबाट ओलीको असंवैधानिक कदम सच्चाएर छाडिने समेत सभापति न्यौपानेको भनाई थियो । त्यस्तै शुक्लागण्डकीमा आयोजित विरोध सभालाई कार्यवाहक सभापति जितप्रकाश आलेले सम्बोधन गरेका थिए । कार्यवाहक सभापति आलेले पनि ओलीको कदम प्रतिगामी भएको जिकिर गरेका थिए । त्यसैगरी बन्दिपुर आयोजित विरोध सभालाई महासमिति सदस्य रामचन्द्र अधिकारी, आँबुखैरेनीमा आयोजित विरोध सभालाई जिल्ला सचिव लक्ष्मी आचार्य, म्याग्देमा आयोजित विरोध सभालाई संविधान सभा सदस्य रामचन्द्र पोखरेल, ऋषिङमा आयोजित सभालाई संविधान सभा सदस्य झुलबहादुर आले र प्रदेश सांसद डोवाटे वि.क. र घिरिङमा आयोजित विरोध सभालाई क्षेत्रीय सह—सभापति राजेन्द्रकृष्ण श्रेष्ठ बोलेका थिए ।


कांग्रेसका युवा नेता पूर्णबहादुर गुरुङले ओली सरकारले जनमतको कदर गर्न नसकेकोको बताएका छन् । देवघाटमा आयोजित विरोध सभामा बोल्दै गुरुङले भ्रष्ट्राचारमा लिप्ट भएर सुशासन भन्दा पनि कुसाशन भएको बताए ।

गुरुङले राष्ट्रपति नेकपाको कार्यकर्ता भएको आरोप लगाए । ‘ओलीले जे पठाउँछन् त्यसको सदर गर्ने काम मात्रै भयो, अभिभावकत्व ग्रहण गरी गैर संवैधानिक कामको पनि सदर भयो’ नेता गुरुङले भने । राष्ट्रपतिलाई देश र जनताको पक्षमा भूमिका खेल्न पनि उनले आग्रह गरेका थिए । कार्यक्रम देवघाटका सभापति प्रेमबहादुर गुरुङको अध्यक्षतामा भएको थियो । कार्यक्रममा छाया सरकार प्रमुख कर्णबहादुर गुरुङ, तरुणदलका अध्यक्ष बलबहादुर क्षत्री, महिला संघकी नेता राधा खनाल, पूर्व जिल्ला सदस्य परमेश्वर भट्टराई, देवघाटका नेता खम्बासिंह राना लगायतले बोलेका थिए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s