तनहुँका १० स्थानीय तहमा यि नेताहरुले सम्बोधन गर्दैछन्

दमौली , २ माघ । संसद विघटनको विरोधमा नेपाली काग्रेसले भोली देशव्यापी रुपमा स्थानीय तहमा विरोध प्रदर्शन आयोजना गर्ने भएको छ ।

यसै सिलसिलामा तनहुँ काग्रेसले जिल्लाका १० वटा स्थानीय तहमा विरोध प्रदर्शनको तयारी गरेको छ । नेपाली कांग्रेस तनहुँका सचिव विश्व वास्तोलाले जानकारी दिए अनुसार जिल्लाका १० स्थानीय तहमा हुने विरोध प्रदर्शनलाई केन्द्र तथा जिल्लाका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सचिव वास्तोलाका अनुसार व्यासमा केन्द्रीय सदस्य गोविन्द भट्राई, भिमादमा आमन्त्रित केन्द्रीय सदस्य धु्रव वाग्ले , भानुमा जिल्ला सभापति बैकुण्ठ न्यौपाने , आँबुखैरेनीमा जिल्ला सचिव विश्व वास्तोला , वन्दीपुरमा महासमिति सदस्य रामचन्द्र अधिकारी , म्याग्देमा संविधान सभा सदस्य रामचन्द्र पोखरेल, शुक्लागण्डकीमा जीतप्रकाश आले , ऋषिङमा संविधान सभा सदस्य झुलबहादुर आले र देवघाटमा तरुण नेता पूर्णबहादुर गुरुङले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

पार्टीको केन्द्रीय कार्यक्रम अनुसार विरोध प्रदर्शनका कार्यक्रम आयोजना गरिएको हुँदा सक्रिय रुपमा सहभागी हुन जिल्ला कार्य समितिले अपिल गरेको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s