
काठमाण्डौं ,१० पुस । नेपाली काग्रेसका केन्द्रीय सदस्य एवं तरुण विभाग प्रमुख शंकर भण्डारीले संसद विघटन विरुद्धको आन्दोलनमा शान्तिपूर्ण रुपमा सहभागी हुन आव्हान गरेका छन् ।
‘पार्टीले पुस १३ गते देशव्यापी रुपमा संसद विघटनको विरुद्ध विरोधको कार्यक्रम आयोजना गरेको हुँदा शान्तिपूर्ण रुपमा सहभागिता जनाउन आव्हान गर्दछु ।’के.स.भण्डारीले भने । संसद विघटनसगै मुलुकको मुलुक गम्भीर राजनीतिक संकटमा फसेको हुँदा सम्पूर्ण नेपाली नागरिक र शक्तिहरुमा राष्ट्रप्रेमको भावना जागृत भई मुलुकलाई सहि दिशामा लैजानु पर्नेमा समेत के.स.भण्डारीले जोड दिएका छन् ।