
दमौली, ३ पुस । शनिबारबाट पोखरामा हुने गण्डकी प्रदेश स्तरीय प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा भाग लिन तनहुँबाट खेलाडी प्रस्थान गरेका छन् ।
पोखरा जानु अगाडि भाग लिने खेलाडीलाई जिल्ला क्रिकेट संघले शुक्रबार बिदाइ गरेको छ ।राजु गुरुङको कप्तानीमा रहेका १४ प्रत्यक्ष र ४ वैकल्पिक गरी १८ जना खेलाडीलाई शुक्रबार बिदाई गरिएको छ । खेलाडीलाई तनहुँ क्रिक्रेट सङ्घका अध्यक्ष ताराराम श्रेष्ठले एक कार्यक्रमबीच बिदाई गरेका थिए ।
सो अवसरमा अध्यक्ष श्रेष्ठले क्रिक्रेट खेलले नेपाललाई विश्वभर चिनाउन ठूलो मद्धत गरेको उल्लेख गर्दै अन्तरराष्ट्रिय स्तरको खेलाडी बनेर आफ्नो जन्मभूमिलाई चिनिने गरी मेहनत गर्न खलाडीलाई आग्रह गरे । पोखरा हुने प्रतियोगिताको लागि राजु गुरुङ, चन्द्रकान्त पौडेल, सुगम श्रेष्ठ, समिर कंडेल, प्रवेश खड्का, दिपेशजङ्ग बुढा मगर, दिपेश अधिकारी, सचिन अधिकारी, जेम्स केसी, रोहन खड्का, प्रशान्त पनेरु, करुन श्रीमल, विनय भण्डारी र सुशील गिरी छनौट भएको प्रशिक्षक अजित पन्थले जानकारी दिए ।
त्यस्तै वैकल्पिक खेलाडीमा अनुप अधिकारी, सुशील श्रेष्ठ,विशाल न्यौपाने र नविन बराली चयन भएको पन्थले बताए । पोखरामा शनिबारबाट प्रतियोगिता शुरु हुने र क्रिक्रेट प्रतियोगिताको लागि मान्यता पाएका तनहुँ, कास्की, नवलपुर र स्याङ्जाका खेलाडी भाग लिने विदाई कार्यक्रममा जानकारी दिईएको थियो । शनिबारको प्रतियोगितामा तनहुँका खेलाडीले स्याङ्जाकासँग प्रतिस्पर्धा गर्ने संघले जनाएको छ ।