
दमौली ११ चैत । कोरोना भाइरसको प्रभावलाई मध्यनजर गर्दे तनहुँका घरधनीहरुले घर भाडामा छुट दिने घोषणा गरेका छन्। यसैक्रममा व्यास —२ निवासी माधवबहादुर पन्तले चैत महिनाको घर भाडामा २५ प्रतिशत छुट दिने घोषणा गरेका छन् ।
विश्व व्यापी रुपमा फैलिएको कोरोनालाई मध्यनजर गर्दे पन्तले उक्त घोषणा गरेका हुन् । कोरोनाले व्यापार व्यवसायमा असर पारेको हुँदा व्यवसायीहरुलाई राहत होस् भन्ने हेतुले २५ प्रतिशत छुट दिने निर्णय गरेको पन्तले बताए । यसअघि जनआन्दोलन भाग —२ मा समेत पन्तले घर भाडामा छुट दिएका थिए । पन्तले घर भाडामा छुट दिएसगै सरकारी तथा निजी क्षेत्रका घरधनीहरुलाई घर भाडामा छुट दिन नैतिक दबाब परेको छ ।
त्यस्तै व्यवसायीहरु बृषराज श्रेष्ठ , विष्णु पराजुली , बालहरि अधिकारीले समेत घरभाडामा २५ प्रतिशत छुटको घोषणा गरेका छन् ।
कोरोना कहरः दमौली ट्रेड सेन्टरद्धारा २० प्रतिशत भाडा छुट कोरोना भाइरसको प्रभावलाई मध्य नजर गर्दे व्यास —२ गणेशमान चोक स्थित दमौली ट्रेड सेन्टरले व्यवसायीहरुलाई भाडामा छुट दिएको छ । ट्रेड सेन्टरका प्रोपाईटरद्धय अनिल गोदार र सुलोचना गोदारले जानकारी दिए अनुसार ट्रेड सेन्टरले २० प्रतिशत छुट दिएको छ । कोरोनाको त्रासको कारण व्यवपार व्यवसाय ठप्प हुन पुगेको हुँदा ट्रेड सेन्टरले छुट दिएको बताए ।कोरोना कहरः दमौली ट्रेड सेन्टरद्धारा २० प्रतिशत भाडा छुट कोरोना भाइरसको प्रभावलाई मध्य नजर गर्दे व्यास —२ गणेशमान चोक स्थित दमौली ट्रेड सेन्टरले व्यवसायीहरुलाई भाडामा छुट दिएको छ । ट्रेड सेन्टरका प्रोपाईटरद्धय अनिल गोदार र सुलोचना गोदारले जानकारी दिए अनुसार ट्रेड सेन्टरले २० प्रतिशत छुट दिएको छ । कोरोनाको त्रासको कारण व्यवपार व्यवसाय ठप्प हुन पुगेको हुँदा ट्रेड सेन्टरले छुट दिएको बताए ।