
काठमाण्डौं १० चैत । नेपाली काग्रेसका केन्द्रीय सदस्य एवं तरुण विभाग प्रमुख शंकर भण्डारीले कोरोना भाइरस (कोभिड —१९ )बाट सर्तक रहन आग्रह गरेका छन् । साथै तरुण विभाग प्रमुख भण्डारीले कोरोना भाइरसको संक्रमणबाट कुनै किसिमको आपतकालिन अवस्था सिर्जना भएमा देशभरिका तरुणहरुलाई राज्यका जिम्मेवार निकायहरुमा जानकारी दिन थप आग्रह समेत गरेका छन् ।त्यस्तै संक्रमणको घडीमा देशका विभिन्न स्वास्थ्य संस्थाहरुमा रगतको अभाव सिर्जना हुन सक्ने हुँदा रक्तदानका लागि तयारी अवस्थामा रहन समेत तरुणहरुलाई तरुण विभाग प्रमुख भण्डारीले अपिल गरेका छन् ।
ramro banunuvaeko raicha website , ekantipur jastai cha ta
LikeLike